Hamro Patra

टीकापुर, फागुन १८

नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डमाथि जुत्ता प्रहार गरिएको छ । आइतबार दिउँसो काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रियसभा गृहमा प्रचण्डमाथि जुत्ता प्रहार भएको हो ।

Khadga Memorial And Janajagriti

भरत मोहन अधिकारी फउन्डेशन नेपालको कार्यक्रममा उनीमाथि जुत्ता प्रहार भएको हो ।

जुत्ताले भने उनलाई लागेन । जुत्ता प्रहार गर्ने व्यक्तिलाई सुरक्षाकर्मीले तत्काल नियन्त्रणमा लिएको छ ।

उनी को थिए भन्नेबारे हालसम्म खुलेको छैन । पहिले पनि प्रचण्डलाई उनकै एक कार्यकर्ताले थप्पड हानेका थिए ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १६:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update