Hamro Patra
टीकापुरका मुस्लिम युवाले गरे रक्तदान

टीकापुर, मंसिर १४
कैलालीको टीकापुरमा भइरहेको रगत अभावलाई मध्यनजर गर्दै मुस्लिम समुदायका युवाहरुले रक्तदान गरेका छन् । मदरसा इस्लाहुल मुस्लेमिनको आयोजनामा नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाको प्राविधिक सहयोगमा युवाहरुले रक्तदान गरेका हुन् । 

‘व्यक्तिगत रुपमा हामीले रक्तदान गरे पनि सामुहिक रुपमा गरिएको यो रक्तदान नै पहिलो पटक हो’ स्थानीय मोहम्मद हसनेम कुरैसीले भने ‘टीकापुर अस्पतालका बिरामीका लागि रगतको अभाव भइरहेको थाह पाएपछि हामीले मदरसा स्थापनाको ३० वर्षपछि पहिलो पटक रक्तदान गरेका हौं ।’

कुरेसीले दिएको जानकारी अनुसार १० पिन्ट रगत संकलन गरिएको छ । टीकापुरमा २०५१ सालदेखि स्थापना भएको मदरसामा हरेक तीन तीन महिनामा रक्तदान कार्यक्रम गरिने कुरैसीले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update