टीकापुर, मंसिर १३
कैलालीका विभिन्न स्थानबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । टीकापुर नगरपालिका वडा नं. ३ शंकरपुर बस्ने २१ वर्षीय किसन वि.क. र २९ वर्षीय लक्ष्मीप्रसाद चौलागाई पक्राउ परेका छन् ।
प्रहरीले दुबै जनालाई १४० मिलिग्राम खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले भजनी नगरपालिका वडा नं. ३ मोरिया घाटबाट नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको हो ।
यस्तै इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले जानकी गाउँपालिका वडा नं. ७ बस्ने १९ वर्षीय शंकर चौधरीलाई पक्राउ गरेको छ । शंकरलाई टीकापुर नगरपालिका वडा नं. ३ रामपुरस्थित सडक छेउमा लागु औषध (खैरो हेरोईन) सेवन गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।
शंकरको साथबाट १ ग्राम ७० मिलिग्राम लागु औषध (खैरो हेरोईन) सहित उनलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीका लागि ईलाका प्रहरी कार्यालय टीकापुरमा राखिएको छ ।
उता, गोदावरी नगरपालिका वडा नं. ९ बाट वडा नं. ८ बस्ने २० वर्षीय बिबेक चौधरी पक्राउ परेका हुन् । चौधरीलाई ३६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित इलाका प्रहरी कार्यालय मालाखेती र लागू औषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधवार पक्राउ गरेको हो ।