Hamro Patra
सीमावर्ती गाउँमा गुणस्तरहीन ढिके नुन

परमानन्द पाण्डे
टीकापुर, १७ फागुन

कैलालीकादक्षिणी सीमावर्ती गाउँमाखुलेआमभारतीय गुणस्तरहीन ढिके नुनखरिदबिक्रीभइरहेको छ। भारतीयनागरिकले साइकलमाबोकेर ल्याउने यस्तो नुन सीमावर्ती क्षेत्रकाबासिन्दाले उपभोग गर्दै आएका छन्।
अवैध ढंगले नेपालभित्रिएको गुणस्तरहीन ढिके नुनआयो नुनभन्दासस्तो हुन्छ । खाद्यान्न, पुरानोफलाम, टुटेफुटेकाप्लास्टिकलगायतका कबाडी सामानसँगसाटेर ढिके नुनमिल्ने भएकाले सर्वसाधारणलेत्यसको उपभोगगर्दै आएका छन् ।
भारतीयनागरिकले बिक्रीगर्ने ढिके नुनउपभोग गर्दै आएकाअधिकांश स्थानीयलाई ढिके नुन स्वास्थ्यकालागिफाइदाजनकनभएको जानकारी छैन।‘हामीलाई कुननुन कस्तो हो भन्नेबारेमाखासै जानकारी नै छैन’, टीकापुरनगरपालिकावडा नं. ९ खक्रौलाकातर्कबहादुर सुनारले भने, ‘पुरानै चलनहो, हामीत यस्तै नुनखाँदै आएका छौं।’

Khadga Memorial And Janajagriti

भारतले औद्योगिकप्रयोजनकालागिआयोडिनविहीन ढिके नुनउत्पादनगर्दै आएको छ। ढिकेनुनखासगरी छालाका सामग्रीगलाउनप्रयोग हुन्छ। सोहीनुनबोरामा राखेर नेपालका सीमावर्ती क्षेत्रमाभित्र्याई बिक्रीभइरहेको छ।
सोहीनुनबोरामा राखेर नेपालका सीमावर्ती क्षेत्रमाभित्र्याई बिक्रीभइरहेको साल्ट टे«डिङकर्पोरेशन धनगढीका सुचनाअधिकारीतेजबहादुर कुँवरले बताए। उनले गुणस्तरहीननुनतस्करीमा खुल्ला सीमानाबाट आउने गरेको बताए। ‘सीमावर्ती क्षेत्रकागाउँलाई लक्षित गरेरभारतीयबाट नुन तस्करी भइरहेको छ’, उनले भने, ‘यसमाभारतीयनागरिकहरुसंलग्न छन्।’

निकासी पैठारी ऐन २०१३ ले तोकिएको संस्थाबाहेक अरुले नुनआयातगर्न नपाउने व्यवस्था गरेको छ। नेपालमा साल्ट टे«डिङ कर्पोरेसनले मात्रै नेपालमानुनआयातगर्दै आएको छ। सूचनाअधिकारी कुँवरले कुनै एकजनाव्यक्तिले भारतबाट एक किलो नुनसमेत ल्याउननपाउने बताए। ‘प्रहरी, प्रशासनसँगआयात रोक्नकालागि बेला बेलापत्राचार भइरहेको हुन्छ, तैपनिआउने गरेको छ, त्यो अवैध कामहो’उनले भने, ‘राज्यकासुरक्षासंयन्त्रले रोक्नुपर्छ।’
साल्ट ट्रेडिङले सीमा क्षेत्रमा रहेका प्रहरी कार्यालयले नुन तस्करी रोक्न ध्याननदिएको जनाएको छ। जनस्वास्थ्यसँगजोडिएको अवैध काम रोकथामकालागिप्रहरीले बेवास्तागर्नु गैरजिम्मेवारी भएको स्थानीय बताउँछन् ।

भजनीनगरपालिका–३ का धर्मराज बुढाले भारतीयनुनखुलेआमभित्रिरहेको बताए। उनकाअनुसार दर्जनौं भारतीयनागरिक साइकलमा गुणस्तरहीन ढिके नुनबोकेर दिनहुँ नेपालका सीमावर्ती गाउँमाआउने गरेका छन्। ‘खुलेआमरुपमा साइकलमाआउँछन्। कसैले रोक्न सकेको छैन’, उनले भने, ‘हाम्रो पनिकमजोरी छ, हामीपनित्यहीनुनखाँदै आएका छौं।’

इलाकाप्रहरी कार्यालय टीकापुरकाप्रमुख डिएसपी मनोहरप्रसाद भट्टले सीमाक्षेत्रबाट भारतीयनागरिकले गुणस्तरहीन ढिके नुन नेपालभित्र्याई रहेको बारेमा अनभिज्ञता व्यक्त गरे। ‘यसबारेमामलाई खासै जानकारी छैन’भट्टले भने, ‘ढिके नूनभारतबाट लुकीचोरी आइरहेको भएहामी कडाईंका साथ रोक्छौं ।’

स्थानीयहरु भने सीमा नाकाबाटैदिनहुँकयौं भारतीयनागरिक गुणस्तरहीन ढिके नुन साइकलमाबोकेर नेपालभित्र्याउने गरेको बताएका छन्। उनीहरु नेपालतर्फ प्रहरीको उपस्थिति नरहेका ग्रामीण क्षेत्रमानुन बेचेर फर्किने गरेका छन् ।

प्रकाशित मिति: आइतबार, फागुन १८, २०७६  १४:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update