Hamro Patra
७ लाख बढीको अवैध सामान बरामद

टीकापुर, मंसिर ११
कैलाली र कञ्चनपुरबाट साढे ७ लाख बढीको अवैध सामान बरामद गरिएको छ । दुबै जिल्लाका विभिन्न स्थानमा प्रहरीले अन्दाजी ७ लाख ५७ हजार ८ सय ९० मूल्यको अवैध सामान बेवारिसे अवस्थामा फेला गरेको हो ।

धनगढी उपमहानगरपालिका वडा नं. २ ट्राफिक चौराहा र आदर्श चोक, भजनी नगरपालिका वडा नं. ३ बर्दुवाफाटा, भजनी नगरपालिका वडा नं. ५ झुठाघाट, वडा नं. ८ खैरा, वडा नं. ९ सयपत्री सामुदायिक वनको बिच जंगल, लम्कीचुहा नगरपालिका वडा नं. ३ चिसापानी बजार र जोशीपुर गाउँपालिका वडा नं. ३ लक्कडमा अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ४ लाख ५७ हजार १४० मूल्यको सामान बरामद गरेको प्रहरीले बताएको छ ।

प्याज, चिनी, चना, बदाम, हरियो खुर्सानी, बिडी, सुर्ती, युरिया मल, माछा, सिद्रा माछा, किटनाशक औषधि, किरानाका सामान, मोटरसाइकल २ थान लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. १० भन्सार कार्यालय नजिक र जिमुवा जाने बाटोमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३ लाख ७५० मूल्यको चिनी, मिश्री, सुटपिस, ज्याकेट कपडा, मोटर, नल्का, मोबाइलका सामान, कस्मेटिक, हार्डवेयर, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update