Hamro Patra
जिसस कैलालीको संयोजकमा काँग्रेसकी भुल निर्विरोध

टीकापुर, मंसिर ५
जिल्ला समन्वय समिति (जिसस)कैलालीको संयोजकमा दाबी गर्दै उम्मेदवारी दर्ता गरेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि नेपाली काँग्रेसकी टीकाकुमारी चौधरी भुल निर्विरोध निर्वाचित भएकी छन् । 

नागरिक उन्मुक्ति पार्टीबाट संयोजकमा उम्मेदवारी दिएकी रुपमती डगौरा थारुले उम्मेदवारी फिर्ता लिएर टीकालाई समर्थन गरेपछि उनी निर्विरोध निर्वाचित भएकी हुन् । 

CMA Staff

जिल्ला समन्वय समिति कैलालीमा नेपाली काँग्रेस र नेकपा एमालेले गठबन्धन गरेपछि कैलालीमा ठूलो दल रहेको नागरिक उन्मुक्ति पार्टी पछाडी फर्किएको हो ।

उन्मुक्तिकी उम्मेदवारसहित सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वन वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी लगायतका नेता कार्यकर्ताको उपस्थितिमा रुपमतिले उम्मेदवारी फिर्ता लिएकी हुन् ।  

कैलालीमा काँग्रेस ८, नागरिक उन्मुक्ति ७, एमाले ५, नेकपा माओवादी ३ र नेकपा समाजवादी एक भोट र एक स्वतन्त्र मतभार रहेको थियो ।  नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति, कैलालीको प्रमुखमा विजयी भएका पदमबहादुर कलेलको २०७९ पुस २३ गते निधन भएपछि सो पदमा उपनिर्वाचन हुन लागेको हो ।

सत्ता गठबन्धनमा रहेको काँग्रेस र एमालेले चुनावमा तालमेल गरेका छन् । एमालेले कांग्रेसकी भुललाई मतदान गर्ने भएको छ। भुल कैलारी गाउपालिका-२ बाट दलित महिला सदस्यमा विजयी हुन ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १३:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update