अझै भेटिएनन् १२ वर्षीय मिलन
टीकापुर, मंसिर ५
कैलालीको टीकापुर नगरपालिका वडा नं. २ राजीपुरस्थित आफ्नै घरबाट मंसिर २ गतेदेखि सम्पर्कविहीन भएका मिलन वि.क अझै फेला परेका छैनन् । राजीपुरका जोगी विश्वकर्माका १२ वर्षीय छोरा मिलन घरदेखि सम्पर्कविहीन भएका थिए । उनका बुवा जोगी विश्वकर्माले ४.५ फिट उचाई, झण्डै ३५ केजी तौल भएको आफ्नो छोरा घरदेखि सम्पर्कविहीन भएकाले खोजी कार्यमा सहयोग गरिदिन आग्रह गरेका छन् ।
विश्वकर्माले इलाका प्रहरी कार्यालयलाई छोरा हराएको लिखित जानकारी दिई खोजी गरिदिन आग्रह गरे पनि हालसम्म छोराको अवस्था पत्ता नलागेको बताए ।
यता, इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नवीनराज बुढाथोकीले बालक सम्पर्कविहीन भएको खबर पाएदेखि नै खोजी कार्य जारी रहे पनि केही पत्ता नलागेको बताए ।
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१ १३:०८
प्रतिक्रिया दिनुहोस्