Hamro Patra
टीकापुर महोत्सव पुष २५ देखी माघ ६ गतेसम्म हुने


टीकापुर, मंसिर ५
टीकापुर महोत्सव २०८१ आयोजना हुने भएको छ । टीकापुर उद्योग वाणिज्य संघले यसवर्ष पनि महोत्सवको आयोजना गर्ने भएको छ । संघको आज बसेको कार्य समिति बैठकले पुष २५ देखी माघ ६ गतेसम्म महोत्सव आयोजना गर्ने निर्णय गरेको महासचिव नवराज रिमालले जानकारी दिए । उनका अनुसार महोत्सव सञ्चालनका लागि विभिन्न समितिहरु गठन गरिएको छ । 

बैठकले महोत्सवको सचिवालय संयोजकमा प्रथम उपाध्यक्ष सन्तोष खड्का र मुख्य व्यवस्थापकमा निवर्तमान अध्यक्ष रामबहादुर भण्डारीलाई जिम्मेवारी तोकेको छ । 

CMA Staff

त्यस्तै आर्थिक तथा सञ्चार समितिको संयोजकमा सदस्य प्रकाश तिमिल्सेना र स्टल समितिको संयोजकमा सदस्य बमबहादुर ओलीलाई जिम्मेवारी दिईएको छ । महासचिव रिमालले महोत्सव सञ्चालनका लागि थप समितिहरु गठन गर्दै जाने बताए । 

महोत्सवमा यस क्षेत्रको कला संस्कृति, भेषभुषा, खानपान लगायतको प्रवद्र्धन गर्ने उद्देश्य रहेको छ । यसका साथै महोत्सवमा ब्यापार व्यवशायको प्रवद्र्धन समेत गरिने प्रथम उपाध्यक्ष समेत रहेका महोत्सव सचिवालय संयोजक खड्काले जानकारी दिए । 

उनले विगत वर्षहरुमा झैं यसवर्ष समेत महोत्सव सफलतापूर्वक सम्पन्न गर्न सबैको साथ सहयोग रहने विश्वास गरेको बताए । संघले विगत २०६५ सालदेखी महोत्सवको आयोजना गर्दै आएको छ । कोरोनाको समयमा भने लगातार दुईवर्ष महोत्सव हुन सकेको थिएन । 

संघले महोत्सवका माध्यमबाट यस क्षेत्रका विभिन्न माग राख्ने गरेको छ । संघले उठाएका कतिपय मागहरु पूरा भएका छन । निर्माणाधिन लम्की–टीकापुर–खक्रौला सडक, निर्माणाधिन सनकट्टीघाटको पक्की पुल, सत्ती मुल भन्सार कार्यालय, डुँडेझारी सडक लगायतका माग पूरा भएका छन ।

प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update