बसको ठक्करबाट पैदल यात्रीको मृत्यु
टीकापुर, मंसिर २
कैलालीको लम्कीचुहा स्थित बसपार्क नजिकै बसको ठक्करबाट एक पैदल यात्रीको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ३ का ३८ वर्षीय दिपक कँडेलको बसको ठक्करबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।
कँडेललाई लम्कीचुहा नगरपालिका वडा नं. १ पूर्ब लम्की स्थित सुदूरपश्चिम प्रदेश ०१००१ ख ९९६ नम्बरको पवनदुत यातायातको बसले ठक्कर दिँदा उनी गम्भीर घाइते भएका थिए ।
घाइते कँडेलको उपचारको क्रममा शनिबार मृत्यु भएको हो । बस र बस चालक कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ८ का ३२ वर्षीय नेत्रप्रसाद देवकोटालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१ १३:०५
प्रतिक्रिया दिनुहोस्