Hamro Patra
आफै असक्त अछाम जिल्ला अस्पतालले कसरी गर्ने बिरामीको उपचार ?

जनकराज भण्डारी
अछाम, मंसिर १

वि.सं. २०२८ सालमा हेल्थ सेन्टरको रुपमा जन्म भई सेवा शुरु गरेको अस्पताल २०३४ सालमा मात्रै जिल्ला अस्पतालमा परिणत भएको थियो । जन्म भई स्थापना भएको जिल्ला अस्पताल अछाम बिरामी परेको करिब ३० वर्ष भयो ।  उसको उपचारमा सामान्य मलमपट्टी कहिले काहीँ झुक्किएर भयो तर पाँचौ स्टेपको क्यान्सर जस्तै रोग लागेको अस्पतालले सामान्य उपचार बाहेक उसले कुनै  केही दीर्घकालसम्म निको हुनका लागि अन्य ओखती पाएन, कोरोना कालमा समेत गम्भीर मरणासन्न समस्या झेलेको थियोे ।

अक्सिजन पाएन, सिटामोल पाएन, सैया पाएन, न आत्तिनु भनेर आत्मबल र आश्वासन दिने कोही पाएन न त अभिभावक पायो । समस्या समस्यामै ज्यूँत्यूँ आफ्नो स्वास जोगाउन सक्यो । उसको जन्म भएको वर्षदेखि करिब दश वर्षको उमेरसम्म अलिअलि राम्रो स्याहार पायो । बीस वर्षको कलिलो लाउखाउ भन्ने उमेरमा कहिले खाई नखाई आपूmले सके जतिको जतिसुकै सेवा दिइरह्यो ।

तीस वर्षको हुँदा उसले जेनतेन सेवा दियो । उसको सेवा क्षेत्र जिल्लाभरि थियोे  सीमित श्रोतसाधन, जनशक्तिको अभाबै अभावमा निरन्तर आफ्नो कर्तव्य पालनमा लागि रह्यो । पछिल्लो समयमा पुरुषोत्तम सेढाई, खगेश्वर गेलाल, रामबहादुर के.सी., अर्जुन श्रेष्ठ बास्कोटा, शरदचन्द्र बराल लगायतका महत्वपूर्ण चिकित्सक पायो । बिरामी अवस्थामा थोरै राहत महशुस गरेर खुशीको महशुस गरेछ, ती डाक्टरको उपचार पद्धतिले अलि आनन्दित हुँदै आपूmले दिने सेवामा बढी नै खटन पटन गरी रात दिन नभनी निरन्तर लागि रह्यो । त्यही बेला देशकै प्रथम उत्कृष्ट हुन पनि सफल भयो ।

CMA Staff

२०७३ सालमा अछाम जिल्ला अस्पताल देशभरकै उत्कृष्ट स्वास्थ्य संस्था घोषित भयो । पाचौँ स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य मन्त्रालयद्धारा आयोजित एक कार्यक्रममा अछाम जिल्ला अस्पताललाई उत्कृष्ट स्वास्थ्य संस्थाको रुपमा पुरस्कृत गरेको थियो । १५ शैयाको उसले बिरामीलाई पु¥याएको सेवाको आधारमा उत्कृष्ट भएको थियोे । स्थापना भएको ४६ वर्षपछि जिल्ला अस्पताल अछामले विशेषज्ञ चिकित्सक (एमडिजीपी) पनि पाएको थियो ।  

अस्पतालमा विशेषज्ञ चिकित्सकका रुपमा पहिलो पटक डाक्टर सोनाली बास्कोटाले पनि सेवा गरेकी थिइन् । २०८० सालतिर सुदूरपश्चिम प्रदेशका ९ जिल्लाका विभिन्न अस्पतालहरु मध्ये अछाम जिल्ला अस्पताल प्रदेशमै पहिलो भयो । स्वास्थ्यका सुचांकहरुका आधारमा जिल्ला अस्पताल पहिलो भयो । अछाम अस्पतालले आफ्नो अवस्थाले धानेसम्म जिल्ला र छिमेकी जिल्लाबासीलाई आफ्ना सेवाग्राहीलाई सक्ने सेवा प्रवाह गरिरहेको छ । अछाम अस्पतालसँगैका देश  र प्रदेश क्षेत्रभरिका अस्पतालहरुले राम्रो लालनपालन, सेवा सत्कार, शैक्षिक, सामाजिक, आर्थिक, भौतिक, जनशक्ति, इक्वेपमेन्ट, साधन सेवा सुविधा निरन्तर पाइरहे र सक्षम बने । तर ऊ दिनहुँ दिन कुपोषित हुँदै गयो उसले आफ्नो बलबुता लगाउँदै आपूmलाई चाहिने नभई नहुने सेवा प्रवाहमा सहज हुने सबै प्रयास निरन्तर गरिरहेको बिरामी अवस्थामै छट्पटी गरी श्रोत साधन, जनशक्ति र भौतिक संरचना मागी रह्यो । कहिल्यै पाएन ऊ कराउँदै छ अहिले चिच्याउनु चिच्चाई रहेको छ । कोही कसैले सुन्दैन है ? विडम्बनापूर्ण कुरा हो सँगैका साथीहरु र ऊ भन्दा पछि जन्म भएकाहरुको रेखदेख, लालनपालन र हुने भन्दा बढी कोचाई कोचाई दिए  तर उसलाई उस्ताको उस्तै राख्ने न्याय संगत हो ? सरकार र सरकार संचालकबाट सहनै नसकिने थिचो मिचोसहितको अमान्य, निकृष्ट, व्यवहार सहिरहेको छ अछाम अस्पतालले । कसैलाई काखा र पाखा गर्नु हुँदैन भन्ने कुरा सम्बन्धित सरोकार राख्ने निकायमा बसेकाहरुले न जानेर हो र ? जानी जानी यसलाई थिचिरहेका छन । महान छ जिल्ला अस्पताल कठिन परस्थितिमा पनि आफ्नो सेवाबाट विचलित भएको छैन । त्यसलाई सहयोग गरेर सेवा दिने प्राविधिक र अप्राविधिक सबैले खाई नपाई आफ्नो तर्फबाट गर्ने काम गरिरहेका छन् । अस्पतालमा भवनलगायत भौतिक संरचना जीर्ण हुँदा सेवा प्रभावित भइरहेको छ । जस्तापाताले छाएको अस्पताल भवन जीर्ण भएकाले शल्यक्रिया, बिरामी भर्ना, आपतकालीन सेवा दिने सबैजसो ठाउँमा पानी चुहिने गरेकाले सेवा प्रवाहको चिन्ता छ ।

विभिन्न क्षेत्रबाट भएको अपहेलनाको मार खेप्नु परिरहेको छ । आवश्यक जनशक्ति, यन्त्र उपकरण र साधन श्रोतको अभाव खेपिरहनु परेको छ । अछाम जिल्ला अस्पतालले खेप्नु परेको समस्या समाधानका बारेमा हाम्रा तिनै तहका सरकार मौन छन । कसले गर्ने होला ? कसले बोल्ने होला ? कहाँ भन्ने होला ? देखेर पनि नदेख्ने अन्धाहरुलाई कसरी देखाउने होला ? एकचोटी हामी सबैले यो विषयलाई गम्भीरतापूर्वक सम्बन्धित निकायलाई घच्घचाउन लायौं है । ५३ वर्षअघि स्थापना भएको जिल्ला अस्पतालमा १५ शैय्याको मात्रै स्वीकृति रहेकामा बिरामीको चाप र जिल्ला अस्पतालले प्रदान गर्ने सेवाका आधारमा ३५ शैय्या बढी थप गरेर सेवा सञ्चालन भइरहेको छ । अस्पतालमा पर्याप्त ठाउँ नहुँदा अव्यवस्थित रूपमै भए पनि बेड राख्नुपर्ने बाध्यता छ ।

सुदूरपश्चिमका ७ पहाडी जिल्लामध्ये भौतिक संरचना नभएको जिल्ला अस्पताल अछाम मात्रै हो । पटक–पटक भौतिक संरचना बनाउनका लागि सरकारसँग सम्बन्धित निकायले आग्रह गर्दा पनि अहिलेसम्म प्राथमिकतामा परेको छैन । ओपीडीमा डाक्टरले बसेर जाँच गर्ने ठाउँसमेत अभाव छ, अप्रेसन थियटर चुहिने अवस्थामा ? शैयाको अवस्था त्यत्तिकै नाजुक छ । झण्डै पाँच दशकअघि अस्पतालको भवनमा जस्तापाता लगाइएको थियो ।
सामान्य अन्य मर्मत भए पनि जस्तापाता हालसम्म नफेर्दा चुहिने समस्याले बिरामीलाई सेवा प्रवाह गर्न चुनौती थपिएको छ । ‘प्रसुति वार्ड, सुरक्षित गर्भपतन गराउने वार्ड, इमर्जेन्सी वार्ड र ओपीडी कक्षमा पानी परेको दिन चुहिएर पानी पोखरी जस्तो हुन्छ, एक महिना मुनिको बच्चा राख्ने वार्ड पनि जोखिममा छ । समस्या ल्याएर आएका भर्ना हुनु पर्ने बिरामीलाई भर्ना गरेको दोस्रो दिन अर्को समस्या देखिन्छ ।’ समस्या नै समस्या रहेको छ अस्पताल ।

नेपालको संविधानले हरेक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पाउनु नेपालको संविधानले हरेक नेपाली नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पाउनु प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गरेको छ । संविधानको धारा ३५ मा ‘कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन’ भनी उल्लेख छ । यतिमात्र होइन, जनस्वास्थ्य सेवा ऐन, २०७५ को परिच्छेद–२ मा सेवाग्राहीको अधिकार, कर्तव्य तथा स्वास्थ्य संस्थाको दायित्वको विषयमा व्यवस्था छ । जस अनुसार प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रूपमा प्राप्त गर्ने अधिकार हुन्छ । ऐनको दफा ३ मा भनिएको छ ‘कुनै पनि नागरिकलाई स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन ।’ ऐनले नसर्ने रोग तथा शारीरिक विकलाङ्गता, मानसिक रोगलगायत सामान्य आकस्मिक अवस्थाका सेवालाई निःशुल्क उपचारको व्यवस्था गरेको छ । तोकिए बमोजिमका आकस्मिक स्वास्थ्य सेवा प्रदान गर्नु प्रत्येक स्वास्थ्य संस्थाहरूको कर्तव्य हो । तर, संविधान र ऐनले गरेका सामान्य व्यवस्था समेत कार्यान्वयन नुहँदा सर्वसाधारणले अहिले पनि आधारभूत स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन् । 

कतै औषधि अभाव त कतै जनशक्ति अभाव हुनु सामान्य भएको छ । तर, अछाम अस्पतालसँग उचित संरचना, भवन, आवश्यक उपकरण र जनशक्ति नभएका करण नागरिकले सामान्य स्वास्थ्य सेवा नपाउने समस्या सृजना हुनसक्ने प्रबल सम्भावना छ । संरचना, यन्त्र उपकरण, जनशक्ति नहुँदा स्वास्थ्य सेवा प्रभावित भएका उदाहरण पनि प्रशस्तै छन् । सम्बन्धित निकाय, सरोकारवालाको यस्तै गैरजिम्मेवारीका कारण देशमै कतिपय यस्ता घटना छन्, जसले संविधान र ऐनमा भएका सबै व्यवस्थालाई ‘भद्दा मजाक’ बनाएका छन् ।

स्वास्थ्य अधिकार भएर मात्र होइन गुणस्तरीय सेवा सञ्चालनका लागि स्वास्थ्य संस्थाको भौतिक संरचना, आवश्यक उपकरण, दक्ष र पर्याप्त जनशक्ति हुनुपर्दछ । अछाम अस्पताल सबैखाले समस्याको भोगाई झेलिरहेको छ । यस अस्पतालको समस्या समाधान गर्न सम्बन्धित निकाय, सरोकारवाला जिम्मेवार सबै तहका जनप्रतिनिधि, राजनीतिक दल, जिल्लास्थित सबै उच्च पदस्त अधिकारी, तिनै तहका सरकार र सरकार सञ्चालक सबैले ध्यान दिन जरुरी रहेको छ ।  सम्बन्धित सरोकारवाला सबैलाई अछाम अस्पतालको अवस्थाका बारेमा गम्भीरतापूर्वक लाग्न ध्यानाकर्षण गराउँदछु ।

लेखक नेपाल प्रेस युनियन अछामका अध्यक्ष हुन् । 
 

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १७:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update