Hamro Patra
कर्णालीका शिक्षकले गरे ५० प्रतिशत नतिजा ल्याउन गरे लिखित प्रतिबद्धता

टीकापुर, मंसिर १
कैलालीको टीकापुरस्थित कर्णाली माध्यमिक विद्यालयका शिक्षकहरुले कक्षा १० को नतिजा ५० प्रतिशत माथि पुर्याउने लिखित प्रतिबद्धता व्यक्त गरेका छन् । 

विद्यालयले सम्पन्न गरेको सामाजिक परीक्षण कार्यक्रममा विद्यालयको कक्षा १० मा अध्यापनरत शिक्षकहरुले विद्यार्थीको नतिजा ५० प्रतिशत बढी ल्याउने गरी लिखित प्रतिबद्धता व्यक्त गरेका हुन् । 

CMA Staff

विद्यालयमा ९ शय ९४ छात्रा र १ हजार ११७ छात्र गरी २ हजार १८१ विद्यार्थी अध्ययनरत रहेको सामाजिक परीक्षण प्रतिवेदनमा उल्लेख छ । विद्यालयको औषत सिकाई ६१.४८ प्रतिशत रहेको छ । गत शैक्षिक सत्रमा २ शय ४१ दिन विद्यालय सञ्चालन भएकोमा २ शय २३ दिन पढाई र ३० दिन परीक्षा सञ्चालन भएको थियो । विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका ४ शय १५ विद्यार्थीलाई दिवा खाजा उपलब्ध गराइएको छ प्रतिवेदनमा उल्लेख छ । 

सामाजिक परीक्षण प्रतिवेदनमा आर्थिक वर्ष २०८०÷०८१ मा विद्यालयको आम्दानीतर्फ ६ करोड २८ लाख ३८ हजार ९४७ रुपैयाँ रहेको छ भने खर्चतर्फ ३ करोड ६२ लाख ९६ हजार २५७ रुपैयाँ खर्च भएको छ । विद्यालयले उक्त आर्थिक वर्षमा २ करोड ६५ लाख ४२ हजार ६९० रुपैयाँ बचत गरेको छ, जुन बचत आर्थिक वर्ष २०७९÷०८० भन्दा ५० लाख ९३ हजार २९७ रुपैयाँ बढी हो । 

विद्यालयका प्रधानाध्यापक धर्मराज शर्माले विद्यालयको कार्य मूल्याङ्कन १०० पूर्णाङ्कमा ८६ अंक प्राप्त गरेको जानकारी दिए । 

साधारण तथा प्राविधिक धारको शिक्षा दिइरहेको विद्यालयको गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समितिको बैठक ३० पटक, शिक्षक अभिभावक संघको बैठक ४ पटक, शिक्षक स्टाफ बैठक ७, सामाजिक परीक्षण समितिको ३ पटक र अभिभावक भेला २ पटक सम्पन्न भएको विद्यालयले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १, २०८१  १५:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update