Hamro Patra
जिससमा टीका चौधरी भुललाई उम्मेदवार बनाउने काँग्रेसको निणर्य

टीकापुर, कार्तिक २९
आगामी मंसिर १६ गते हुने जिल्ला समन्वय समिति कैलालीको निर्वाचनमा नेपाली काँग्रेसले अध्यक्षका लागि आफ्नो पार्टीबाट टीका चौधरी भुललाई उम्मेदवार बनाउने निणर्य गरेको छ । 

काँग्रेसको पार्टीको बैठकले जिल्ला समन्वय समितिका अध्यक्षको उम्मेदवारका लागि भुलको नाम सिफारिस गर्ने निणर्य गरेको हो । कार्य समितिको बैठकले उम्मेदवारीका लागि उनको एकल नाम सर्वसम्मतले सिफारिस गरेको जिल्ला उपसभापति खेमराज डंगौराले जानकारी दिए ।

CMA Staff

जिल्ला समन्वय समिति कैलालीका तत्कालीन अध्यक्ष पदम कलेलको २०७९ पुस २३ गते निधन भएपछि अध्यक्षको पद रिक्त रहेको छ । 

अध्यक्ष पदको उम्मेदवारका लागि सिफारिस हुनु भएका भुल कैलारी गाउँपालिका वडा नम्बर २ को वडा सदस्य हुन । नेपाली काँग्रेसबाट उनी दलित महिला सदस्यको रुपमा वडामा निर्वाचित भएकी हुन् । 

जिल्ला समन्वय समितिको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (एमाले)- नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्ति पार्टीबाट निर्वाचित पालिका अध्यक्ष एवं नगर प्रमुख र उपाध्यक्ष एवं उपप्रमुखले मतदान गर्न पाउने छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २९, २०८१  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update