Hamro Patra
टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक अन्तिम चरणमा

टीकापुर, कार्तिक २७
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कलमबहादुर शाहले सरकार गठन भएको शय दिनका उपलब्धी सार्वजनिक गरेका छन् । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै मुख्यमन्त्री शाहले सरकार गठन भएको १००औं दिनका उपलब्धीहरु सार्वजनिक गरेका हुन् । 

शाह नेतृत्वको सुदूरपश्चिम सरकार गठन भए यता बजेट सार्वजनिक गरिएको, विभिन्न नीति, ऐन, विधेयक तथा नियमावलीहरु निर्माण भइरहेको, सुशासनमा जोड दिइएको जस्ता विषय उल्लेख छन् । 

CMA Staff

१००औं दिने उपलब्धीमा टीकापुरमा स्थापना हुने टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धी विधेयकको मस्यौदा निर्माण कार्य भइरहेको उल्लेख छ । समग्र क्षेत्रको पर्यटकीय विकासका लागि प्रदेश पर्यटन बोर्ड गठनको तयारी भइरहेको मुख्यमन्त्री शाहले जानकारी दिए । 

प्रदेश मातहतका सेती, महाकाली र टीकापुर प्रादेशिक अस्पतालमा जेष्ठ नागरिक, एकल महिला र क वर्गका अपाङ्गता भएका नागरिकलाई निःशुल्क परीक्षण र औषधी व्यवस्थापनको शुरुवात गरिएको उपलब्धीमा उल्लेख छ । 

प्रदेश सरकारको बजेटमै समेटिएको प्रदेशभरका बिरामीका लागि निःशुल्क रगत उपलब्ध गराउने कार्य समेत शुरु गरिएको, प्रदेश सरकारले एमबीबीएस अध्ययनरत डाक्टरका लागि छात्रवृत्ति उपलब्ध गराई रहेको र यस वर्षको छात्रवृत्ति छनौट अन्तिम चरणमा पुगेको उल्लेख छ । 

उपलब्धीमा सेती अस्पतालमा क्यान्सर रोगको उपचार सेवा शुरु गरिएको, जलन कक्ष सञ्चालन गरिएको, निःसन्तानपन र बाँझोपनको उपचार तथा अटिज्म क्लिनिक सेवा सञ्चालन गरिएको उल्लेख छ । 

सार्वजनिक गरिएका उपलब्धीमा चालु आर्थिक वर्षको ३१ अर्ब ६२ करोड९८ लाख २८ हजार रकम मध्ये ८ प्रतिशत रकम खर्च भएको, चालु खर्चतर्फ ११ र पुँजीगत तर्फ ५.९७ प्रतिशत रकम खर्च गरिएको उल्लेख छ । 

त्यस्तै प्रदेश सरकारको आन्तरिक राजश्व १ अर्ब ६० करोड ७० लाख १५ हजार परिचालन हुने अनुमान गरिएकोमा हालसम्म ३८ करोड ४५ लाख ३० हजार अर्थात् २३.९३ प्रतिशत राजश्व संकलन भएको उल्लेख छ । 

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १४:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update