Hamro Patra
बोक्सीको आरोपमा दुव्र्यवहार गर्ने तीन पक्राउ

टीकापुर, कार्तिक २७
कैलालीको टीकापुरमा एक महिलालाई बोक्सीको आरोप लगाएर दुव्र्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा धामीझाँक्रीको काम गर्दै आएका माता भनिने २५ वर्षीय सुनिल मिश्री, ३७ वर्षीय लाली चौधरी र ३० वर्षीय एक महिला रहेका छन् । 

CMA Staff

कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कविन्द्रसिंह बोहराका अनुसार उनीहरुले टीकापुर नगरपालिका वडा नं. ९ कालाकुण्डामा १४ वर्षीया एक बालिकालाई बोक्सी लागेको भन्दै ५५ वर्षीया एक महिलामाथि अमानवीय व्यवहार गरेका थिए । 

प्रहरीका अनुसार १४ वर्षीया ती बालिका बिरामी भएपछि झारफुकका लागि माता भनिने मिश्रीको घरमा लगिएको थियो । त्यही क्रममा ती बालिकालाई उनकै ठूली आमा बोक्सी लागेको आरोप लगाउँदै मिस्त्रीले अमानवीय व्यवहार गरेका थिए ।

ती महिलाले आफूमाथि बोक्सीको आरोपमा झाक्रीसहितका तीन जनाले अमानवीय व्यवहार गरेको उजुरी आएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अहिले तीनै जनालाई नियन्त्रणमा राखेर इलाका प्रहरी कार्यालय टीकापुरले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १३:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update