Hamro Patra
आरएमई स्कुलको नवौं वार्षिकोत्सव सम्पन्न

टीकापुर, फागुन १३

टीकापुरस्थित आरएमई स्कुलको नवौं वार्षिकोत्सव सोमवार सम्पन्न भएको छ । टीकापुर नगरपालिका–१ मा नवनिर्मित भवनको प्राङ्गणमा आयोजित वार्षिकोत्सव समारोहको सुदूरपश्चिम प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले उद्घाटन गरेका थिए । समारोहको प्रमुख अतिथि समेत रहेका डा. रावलले शिक्षा क्षेत्रमा आरएमई स्कुलको भूमिका महत्वपूर्ण रहेको बताए । उनले पछिल्लो समय शिक्षाका क्षेत्रमा लगानी बढिरहेको बताए ।

Khadga Memorial And Janajagriti

सो अवसरमा स्कुलले यसवर्षको टिचर अफ द इयर भुवनेश्वर पन्त र स्टुडेन्ट अफ द इयर भरत साँउदलाई प्रदान गरेको छ । साउँदले कक्षा ११ को परिक्षामा सुदूरपश्चिमै सबैभन्दा धेरै अंक हासिल गरेर उत्तीर्ण भएको विद्यालयको भनाई छ । उनले ३ दशमलव ७६ जिपिए हासिल गरेका छन । त्यस्तै स्कुलले यस क्षेत्रको शैक्षिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै यज्ञमूर्ति अर्याललाई सम्मान गरेको छ । अर्याल अंग्रेजी विषयका अवकाश प्राप्त शिक्षक हुन । उनले लामो समय शिक्षण पेशा अँगालेका थिए ।

सोही अवसरमा विद्यालयले आफ्ना विद्यार्थीहरुबीच गायन प्रतियोगिता र थर्ड आई अवाकेनिङ प्रतियोगिता समेत सञ्चालन गरेको थियो । यसका साथै विद्यार्थीहरुले विभिन्न साँस्कृतिक प्रस्तुती राखेका थिए । वार्षिकोत्सव समारोहमा विभिन्न व्यक्तिहरुले शैक्षिक विकासमा स्कुलले खेलेको भूमिकाको प्रशंसा गरेका थिए । स्कुलले यसै वर्ष सुविधा सम्पन्न भवन निर्माण गरेर सञ्चालनमा ल्याएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update