Hamro Patra
काँग्रेसको १५ औं महाधिवेशन सर्न सक्ने ः केस चौधरी 

टीकापुर, कात्तिक २२
नेपाली काँग्रेस केन्द्रिय सदस्य रामजनम चौधरीले १५ औं महाधिवेशन केही समय सर्न सक्ने बताएका छन । तरुण दल केन्द्रिय सदस्य खड्ग धामीले दशै दिपावली छठको अवसरमा आज आयोजना गरेको भेटघाट तथा शुभकामना कार्यक्रममा बोल्दै चौधरीले स्थानीय तह, प्रदेश र संघीय निर्वाचन पछि मात्रै महाधिवेशन हुने बताए । 

उनले निर्वाचन अघि महाधिवेशन गर्दा पार्टी भित्र गुटबन्दी हुने खतरा रहेकोले यस्तो गर्न खोजिएको बताए । 

उनले जनतामा राजनीतिक दलहरु प्रति नकारात्मक धारणाको विकास भएको बताउँदै नेताहरु प्रतिको गालीगलौजले राजनीतिक संस्कार हराएको बताए । उनले युवा विदेशीने कुरा मुलुकका लागि निकै जटिल समस्या हुने बताए । 

CMA Staff

नेपाली काँग्रेस महासमिति सदस्य केशरी रावल बिष्टले भातृ संगठनको सकृयताले पार्टी बलियो हुने बताईन । उनले तरुण दलका कार्यकर्ताहरुले समाजका विकृती विसंगती विरुद्ध समेत सकृयता देखाउनुपर्ने बताईन । 

काँग्रेस पूर्व महासमिति सदस्य फकिर सिँह कडायतले पार्टी भित्रका तिक्तता बिर्सेर एकजुट हुनुपर्ने बेला आएको बताए । उनले यतिबेला सबैको प्रहार काँग्रेस माथि भैरहेकाले एकतावद्ध भएर प्रतिकार गर्नुपर्ने बताए । 

त्यस्तै अर्का काँग्रेस पूर्व महासमिति सदस्य जंगबहादुर साउँदले पार्टी भित्रको विकृती अन्त्य गर्नुपर्नेमा जोड दिए । पूर्व महासमिति सदस्य तथा काँग्रेस नेता बिरबहादुर हमालले पार्टीको इतिहासलाई बिर्सन नहुने बताए ।

काँग्रेस कैलाली क्षेत्र नम्बर १ का सभापति प्रकाश शाहले तरुण दलले रचनात्मक काम गरिरहेको बताए । उनले ती काम पार्टीसँगको समन्वयमा भैरहेको बताए । 

काँग्रेस महाधिवेशन प्रतिनिधि दीपक चौधरीले पार्टीका सबै संयन्त्र परिचालित हुनुपर्नेमा जोड दिए । उनले साझा प्रयासले मात्रै काँग्रेस बलियो हुने बताए ।

क्षेत्र नम्बर १ प्रदेश ख का सभापति बलिराम चौधरीले कुरा भन्दा पनि काम गरेर देखाउने बेला भएको बताए । उनले काम गर्न नसकेको भन्दै राजनीतिक दलहरु प्रति वितृष्णा फैलिएको बताए ।

टीकापुर नगर सभापति नरेश कुमार खत्रीले तरुण दलको सकृयताले पार्टी बलियो हुने बताए । उनले तरुण दलमा युवाको आकर्षण बढाउन जरुरी रहेको बताए । 

सो अवसरमा काँग्रेस नेता कार्यकर्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । उनीहरुले काँग्रेसलाई बलियो बनाउन पार्टी भित्रका गुटबन्दी अन्त्य हुनुपर्ने सुझाव दिएका छन । 


 

प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १८:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update