Hamro Patra
विपद जोखिम न्यूनिकरण सम्बन्धी अन्तरक्रिया
Khadga Memorial And Janajagriti
टीकापुर, फागुन १३
नेपाल बाढी उत्थानशिल परियोजना अन्र्तगत विपद जोखिम न्यूनिकरणमा लगानी अभिवृद्धी गर्नका लागि स्थानीय सरकार, प्राइभेट सेक्टर र समुदायबीच अन्तरक्रिया कार्यक्रम मंगलबार टीकापुरमा सम्पन्न भएको छ । टीकापुर नगरपालिकाका उपमेयर केशरी रावल बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दमनसिँह चौधरी, वडाध्यक्ष रामशंकर थारु, कार्यपालिका सदस्य रमेश विक, टीकापुर उद्योग वाणिज्य संघका महासचिव तपेन्द्र स्वाँर लगायतको सहभागिता रहेको थियो । सो अवसरमा बोल्दै उपमेयर बिष्टले विपद जोखिम न्यूनिकरणका लागि नगरपालिका सम्वेदनशील रहेको बताईन । उनले नगरपालिकाले आफ्ना पूँजिगत योजनाबाट ३ प्रतिशत रकम विपद जोखिमका क्षेत्रमा खर्च गर्दै आएको जानकारी दिईन ।
त्यस्तै टीकापुर उद्योग वाणिज्य संघका महासचिव स्वाँरले विपद जोखिमका सवालमा सबै सरोकारवालासँग हातेमालो गर्न तयार रहेको बताए । उनले यसअघि पनि संघले विपद जोखिमका क्षेत्रमा कार्य गर्दै आएको र आगामी दिनमा समेत प्रतिवद्ध रहेको बताए । कार्यक्रममा सिएसडिआरका जनकराज चौधरीले परियोजनाले समुदायमा गरिरहेको काम कारवाहीका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । उनका अनुसार परियोजनाले टीकापुर नगरपालिकाका ४ र जानकी गाउँपालिकाका २ वटा वडाहरुमा काम गर्दै आएको छ । यो परियोजना यी दुई नगरपालिकामा सन् २०१४ बाट कार्यरत छ ।
सन् २०१८ बाट परियोजनाको दोस्रो चरणको कार्यक्रम सञ्चालन भैरहेको छ । परियोजनाले मुख्य गरी कर्णाली नदी जलाधार क्षेत्रका बाढी संकटासन्न बस्तीमा विपद जोखिम न्यूनिकरणका क्षेत्रमा काम गर्दै आएको छ । परियोजनाले सञ्चालनमा ल्याएको पूर्व सूचना प्रणाली निकै प्रभावकारी रहेको चौधरीले बताए ।
यसका अलावा परियोजनाले बाढी प्रभावित क्षेत्रका बासिन्दाको जीविकोपार्जनका लागि तरकारी खेती र विभिन्न सिपमूलक तालिम सञ्चालन गर्ने गरेको छ । जुरिच फाउण्डेशनको आर्थिक सहयोग र प्राक्टिकल एक्सनको सहयोगमा सञ्चालित परियोजनाले २ हजार ५९९ घरधुरीका १४ हजार १६९ जनसंख्या लाभान्वित भएको बताईएको छ ।
 
 
 
Chat Conversation End
 
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०७६  १६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update