टीकापुर, कात्तिक १३
नेपालीहरुको अर्को प्रमुख चाड तिहार सुरु भएसँगै टीकापुर बजारमा चहलपहल सुरु भएको छ । आज धन त्रयोदशीको दिन । धनतेरसका दिन स्टिल, तामा, पित्तल आदीका भाँडाकुँडा किन्ने चलन रहेको छ ।
धनतेरसका दिन सम्पन्न व्यक्तिहरुले चाँदीको कुनै सामग्री र सुनका गहना किन्ने गर्छन । धार्मिक मान्यता अनुसार सुनका गहना किन्नुलाई लाभदायक मानिन्छ ।
धनतेरसनका दिन बजारमा खरिद गर्नेहरुका कारण चहपहल बढेको हो । धेरैजसोले लक्ष्मीपूजा, भाईटीकाको समेत तयारी सुरु गरेका छन ।
तिहारलाई लक्षित गरेर टीकापुर नगरपालिका वडा नम्बर १ भानुचोक नजिकै बजार लागेको छ । त्यहाँ दियो, ममबत्ती, माला लगायतका तिहारका सामान पाईन्छन ।
तिहार लक्षित बजारमा मात्रै नभई अन्यत्र पनि ग्राहकको बाक्लो उपस्थिति देख्न सकिन्छ । कपडा र खाद्यान्न पसलमा समेत ग्राहकको उत्तिकै भिड छ ।