Hamro Patra
यामाहाको महामेला
Khadga Memorial And Janajagriti

टीकापुर, २५ चैत
टीकापुरको भानुचोकमा यामाहाको मोटरसाइकल तथा स्कुटर महामेला सुरु भएको छ । यामाहा मोटरसाइकलको आधिकारिक बिक्रेताका रुपमा रहेको जानकी टे«ड एण्ड सप्लायर्सद्वारा आयोजित महामेलामा पहिलो दिन १२ वटा मोटरसाइकल बिक्री भएको प्रबन्ध निर्देशक अनिल रावलले जानकारी दिएका छन ।


महामेलामा मोटरसाइकलको खरिदमा बाइक कभर, हेल्मेट, स्पोर्टस् ब्याग, पञ्जा, लेगगार्ड निशुल्क पाइने बताईएको छ । त्यस्तै जानकी गाउँपालिका मुनुवाका बिरबहादुर थारु र टीकापुर नगरपालिका बाघमाराकी मञ्जुकुमारी चौधरीले लक्की ड्र मार्फत सुनको सिक्का प्राप्त गरेका छन । उनीहरुलाई प्रबन्ध निर्देशक रावलले सुनको सिक्का हस्तान्तरण गरेका छन ।


चैत २८ गतेसम्म सञ्चालन हुने महामेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले विभिन्न साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिरहेका छन । महामेलामा स्थानीयले मनोरञ्जन गरिरहेका छन ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०७५  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update