Hamro Patra
मानव स्वास्थ्यमा असर पार्ने छतिवन टीकापुरमा जताततै

टीकापुर, असोज ३
टीकापुरका विभिन्न ठाउँमा यतिबेला विवादित बिरुवा छतिवन ढकमक्क फूलेको छ । यो बिरुवा टीकापुर नगरपालिका वडा नम्बर १ स्थित खुला मैदान आसपासका क्षेत्रमा धेरै रोपिएको छ । 

केही वर्षअघि वडा नम्बर १ को धेरैजसो ठाउँमा छतिवन रोपिएको थियो । तत्कालिन अवस्थामा नगरपालिका र केही संघसंस्थाहरुले वृक्षारोपणका नाममा बजार क्षेत्रमा विवादित बिरुवा छतिवन रोपेका थिए । 

Tikapur Hospital

यो बिरुवा गाईवस्तुले समेत खादैनन् । यो घाँसदाउराका रुपमा समेत प्रयोग हुँदैन । जसले गर्दा बिरुवा हुर्काउन समस्या हुँदैन । यस्तै सहजताले गर्दा वृक्षारोपण अभियन्ताले बजारभर विष वृक्षका नाममले चिनिने छतिवन रोप्ने गरेका थिए । पछि ति बिरुवा कतिपय ठाउँमा सडक निर्माणका क्रममा काटिए । अहिले पनि कतिपय ठाउँमा लहरै देख्न सकिन्छ । 

छतिवनको फूलबाट एक किसिमको गन्ध आउने गर्छ । यसको गन्ध टाढासम्म फैलिने गरेको छ । त्रिभुवन विश्व विद्यालयका वनस्पतिविज्ञ डा. मोहन देवकोटाले छतिवनको गुण र अवगुण दुवै पक्ष भएपनि यसले मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने गरेको बताए । उनले विभिन्न अध्ययनले यस कुराको पुष्टी गरेको जानकारी दिए । 

भारतको नोयडा र बिशखापटनम शहरमा पाँच लाख बिरुवा नष्ट गरिएको थियो । यो बिरुवा अक्टुबरदेखी डिसेम्बर महिनासम्म फूल्ने गर्छ । यसको फूलेको फूलबाट निस्केका लाखौं पराकण हावासँगै फैलिने गर्छन । उक्त हावाले मानव र जीवलाई असर पार्ने गरेको विभिन्न अध्ययनले देखाएको छ । 

छतिवनले सामान्यतया मानिसमा रिंगटा लाग्ने, निन्द्रा नलाग्ने, छाला र आँखाको एलर्जी हुने, ज्वरो, श्वासप्रश्वासमा समस्या हुने लगायतका स्वास्थ्य समस्या देखिने गरेको छ । उक्त बिरुवामा चराचुरुङ्गी समेत बस्न मन नपराउने एक अध्ययनले देखाएको छ । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update