Hamro Patra
सञ्चालनमा आएन सार्वजनिक शौचालय

टीकापुर, असोज ३
स्थानीयको विरोधका बाबजुद टीकापुर नगरपालिकाले निर्माण गरेको सार्वजनिक शौचालय सञ्चालनमा आएन । निर्माण सम्पन्न भएको चार महिना बितिसक्दा पनि सार्वजनिक शौचालय सञ्चालनमा आउन नसकेको हो । 

टीकापुर नगरपालिका वडा नम्बर १ भानुचोक नजिकै निर्माण भएको यो शौचालय एशियाली विकास बैंकको २० लाख आर्थिक सहयोगमा निर्माण सम्पन्न भएको हो । 

Tikapur Hospital

सो ठाउँमा रहेको पुरानो सार्वजनिक शौचालय भत्काएर नयाँ निर्माण गर्न थालेपछि स्थानीयले विरोध गरेका थिए । नगरपालिकाले पुरानो शौचालय जीर्ण भएकाले सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण गर्ने भन्दै स्थानीयसँग सहमति गरेको थियो । 

दुवै पक्षबीच लिखित सहमति भएको थियो । नगरपालिकाका तर्फबाट नगर प्रमुख रामलाल डगौरा थारु र स्थानीयका तर्फबाट स्थानीय जनक बिष्टले सहमति पत्रमा हस्ताक्षर गरेका थिए । सहमति पत्रमा नगरपालिकाका तर्फबाट वन वातावरण तथा सरसफाई उपशाखाका प्रमुख लोकबहादुर बुढा र स्थानीयका तर्फबाट उमेश तुलाचन साक्षी बसेका थिए । 

सहमति पत्रमा पहिलो र दोस्रो पक्षका लागि छ वटा बुँदा उल्लेख गरिएका थिए । सहमति अनुसार नगरपालिकाले शौचालय र आसपासको क्षेत्रमा दैनिक सरसफाई गर्ने, हाल रहेको सेफ्टी ट्यांकीको अध्ययन गरी आवश्यकता अनुसार मर्मत वा नयाँ निर्माण गर्ने, वाईफाई र सिसी क्यामेरा जडान गर्ने र स्थानीयसँगको सहकार्यमा निर्माण कार्य अघि बढाउने उल्लेख रहेको थियो । 
 

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update