Hamro Patra
स्थानीयले लगाइएको धान वन समूहले काट्यो

टीकापुर, कार्तिक २

कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिका वडा नं. ३ बग्लैयास्थित मद्रेनिया सामुदायिक वन अतिक्रमण गरी लगाइएको धानबाली वन समूहले काटेको छ ।  

Tikapur Hospital

वन अतिक्रमण गरी लगाइएको धानबाली सामुदायिक वनको उपभोक्ता समूहले काटेको वनका अध्यक्ष हरिराम डगौराले जानकारी दिए ।

सामुदायिक वनको तीन हेक्टर जमिन अतिक्रमण गरी स्थानीयले धान बाली लगाएका थिए । अतिक्रमण नगर्न पटक पटक आग्रह गर्दा पनि नमानेपछि लगाइएको धान बाली नै काट्नु परेको अध्यक्ष डगौराको भनाइ छ । अध्यक्ष डगौराका अनुसार उक्त धान बेचेको रकम सामुदायिक वनको कोषमा राखिने छ । 

धानबाली काट्न सामुदायिक वनका पदाधिकारी, उपभोक्ता र डिभिजन वन कार्यलय पहलमानपुरको सशस्त्र वन रक्षक टोलीले सहयोग गरेको थियो ।

सो वन २०७८ सालदेखि अतिक्रमणको चपेटामा पर्दै आएको थियो। सामुदायिक वनले चालेको कदम उपयुक्त भएको डिभिजन वन कार्यालय पहलमानपुरका निमित्त प्रमुख सुरेन्द्र कठायतले बताए ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update