Hamro Patra
टीकापुरमा आतंक मच्चाउने चितुवा शिकारीको पासोमा

टीकापुर, असोज ३०
कैलालीको जानकी गाउँपालिका वडा नं. ६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र चितुवा शिकारीले थापेको पासोमा परेको छ । 

पालिकाको वडा नं. ३ स्थित लायकपुर मुक्त कमैया शिविरको बस्ती छेउमै रहेको जगतपुर जाने सडक खण्डको जंगलमा शिकारीले थापेको पासोमा चितुवा परेको हो । 

Tikapur Hospital

घाँस दाउराका लागि स्थानीय जंगलमा गएका बेला चितुवा पासोमा परेको देखेका थिए । इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी नवीनराजा बुढाथोकीले सामुदायिक वन क्षेत्रमा शिकारीले थापेको पासोमा चितुवा परेको बताए । 

‘वन डिभिजन कार्यालय पहमानपुरको टोली र बर्दिया राष्ट्रिय निकुञ्जको टोली घटनास्थलमा आउँदैछ’ डिएसपी बुढाथोकीले भने ‘ढलेको रुखमा थापेको पासोमा परेको चितुवा जिवित छ ।’ 

गाउँबस्तीमै आएर जंगली जनावरका लागि दुःख दिन थालेपछि स्थानीयहरुले आक्रान्त बनेका थिए । दुई महिनादेखि चितुवाले टीकापुर क्षेत्रमा आतंक मच्चाएको थियो । गत महिना तीन दर्जन बढी बाख्रा, बंगुर र कुखुरा समेत चितुवाको आक्रमणमा परी मरेका थिए ।

टीकापुर बजार क्षेत्रमै रहेको बस्तीमै दिउँसो चितुवाले आतंक मच्चाउन थालेपछि स्थानीय प्रहरी प्रशासनले नियन्त्रणका लागि प्रयास गरेको भए पनि उक्त चितुवा नियन्त्रणमा आउन सकेको थिएन । 

जंगली जनावरको शिकार गर्न थापिएको पासोमा चितुवा परेपछि स्थानीयहरुको भीड लागेको छ ।

प्रकाशित मिति: बुधबार, असोज ३०, २०८१  १३:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update