Hamro Patra
आधा किलो चरेशसहित भण्डारी पक्राउ
Tikapur Hospital

टीकापुर, असोज २९
कैलालीको अत्तरियाबाट आधा किलो लागू औषध चरेससहित एक कारोबारी पक्राउ परेका छन् । जिल्लाको गोदावरी नगरपालिका वडा नं. १ भरतपुरबाट ५९ वर्षीय सहदेव भण्डारी पक्राउ परेका हुन ।

चरेसको कारोबार गरिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले भण्डारीको घरमा खानतलासी गर्दा लुकाई राखेको अवस्थामा चरेस बरामद गरिएको थियो ।

भण्डारीको कोठाबाट ५ शय ४५ ग्राम लागुऔषध चरेस बरामद गरी नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २९, २०८१  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update