Hamro Patra
८ लाखका मोबाइलका सामान बरामद
Tikapur Hospital

टीकापुर, असोज २८
प्रहरीले कैलालीबाट ८ लाख बढी मुल्यका मोबाइलका सामानहरु बरामद गरेको छ । 

जिल्लाको गोदावरी नगरपालिका वडा नं. १ धनगढी रोड अत्तरिया नजिकबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ८ लाख १४ हजार मूल्य बराबरका मोबाइलका सामानहरु प्रहरीले बरामद गरेको हो । 

उक्त मूल्य बराबरको मोबाईलको कभर र ग्लास लगायतका सामान सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी कैलाली र इलाका प्रहरी कार्यालय मालाखेती, कैलालीबाट खटिएको प्रहरी टोलीले बेबारिसे अवस्थामा फेलापारी नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २८, २०८१  १३:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update