Hamro Patra
डडेल्धुरामा आरती प्रकरणः भण्डारीद्वारा घटना स्वीकार, यसरी भएको रहेछ हत्या

डडेल्धुरा, असोज २७
डडेल्धुरामा मृत फेला परेकी आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका एक जनालाई सार्वजनिक गरिएको छ । अमरगढी नगरपालिका वडा नम्बर ७ की १४ वर्षीया आरती भट्टराईको हत्या गरेको आरोपमा पक्राउ परेका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराले पत्रकार सम्मेलन गर्दै हत्या आरोपी भण्डारीलाई आज सार्वजनिक गरेको हो ।

डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन ।

Tikapur Hospital

‘घटनास्थल नजिकै टेक बहादुर भण्डारीको पोखरा बजारमा भण्डारी पुस्तक एण्ड स्टेसनरी पसल रहेको छ,’ डिएसपी श्रेष्ठले भने, ‘पसलभित्र कोठामा आवेशमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन ।’

डिएसपी श्रेष्ठका अनुसार आवेशमा आउनुको कारण भने अहिलेसम्म खुलेको छैन । स्थानीय बासिन्दाले बलात्कारपछि हत्या भएको बताउँदै आएका छन ।

डिएसपी श्रेष्ठले भने पोष्टमार्टम रिपोर्ट आइनसकेको र त्यसबारे अहिले भन्न नसकिने बताए । ‘जवरजस्तीकरणी गर्न खोज्दा किशोरीले अस्विकार गरेपछि आवेशमा आएको पनि हुनसक्छ, तर त्यो अहिले नै केही खुलेको छैन,’ उनले भने ।

१४ वर्षीया किशोरी भट्टराई २५ गते ४ बजे घरबाट मिलका लागि हिडेकी थिइन । ‘स्थानीय नै रहेका भण्डारीसंग ती किशोरीको चिनजान एक वर्ष पहिलेदेखि नै थियो,’ डिएसपी श्रेष्ठले भने, ‘पसलमा कुराकानीकै क्रममा आवेशमा आएका भण्डारीले पसलभित्रै किशोरीको हत्या गरेको बताएका छन । हत्यापछि भण्डारीले प्लास्टिकको बोरामा किशोरीको शव हालेको बताएका छन ।’

त्यसपछि भाग्नका लागि स्याउलेसम्म पुगेका भण्डारीले फर्किएर तुफानडाँडामा मदिरा सेवन गरेको अनुसन्धानबाट खुलेको छ ।

‘मदिरा सेवन गरेर पोखरा फर्किएका उनले पसल अगाडि राखेको आरतीको शव व्यवस्थापनको प्रयास गरेको देखिन्छ,’ डिएसपी श्रेष्ठले भने, ‘शव व्यवस्थापनको क्रममा कुकुर भुकेपछि उनी मोटरसाइकलसहित नालीमा परेका रहेछन । शव भने बजार छेउमै फालेर घर गएका रहेछन ।’

उक्त ठाउँमा मृतक किशोरी फेला परेको भन्दै प्रहरीलाई ११ बजे खबर भएको थियो । भण्डारीलाई दोस्रो दिन बिहान पक्राउ गरिएको हो ।
महेन्द्रनगरपोष्ट डटकमबाट 
 

प्रकाशित मिति: आइतबार, असोज २७, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update