Hamro Patra
युवती बेपत्ता पारेको आरोपमा प्रहरी इञ्चार्ज पक्राउ

टीकापुर, असोज २६
सुदूरपश्चिमको पहाडी जिल्ला बैतडीमा युवतीलाई बेपत्ता पारेको आरोपमा प्रहरी चौकीका इञ्चार्ज पक्राउ परेका छन् ।

पञ्चेश्वर गाउँपालिका वडा नं. २ डिम्बरकी अन्दाजी १९ वर्षीया किशोरी बेपत्ता पारेको आरोपमा महाकाली प्रहरी चौकी डिम्बरका इञ्चार्ज प्रहरी हवल्दार कृष्णराज जोशीलाई पक्राउ गरिएको बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) मकेन्द्र मिश्रले बताए ।

Tikapur Hospital

डीएसपी मिश्रका अनुसार प्रहरी हवल्दार जोशीलाई शुक्रबार स्थानीयले महाकाली पारी भारततर्फबाट जोशीलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए ।

जोशी कञ्चनपुरको वेदकोट नगरपालिका वडा नं. ५ का स्थानीय बासिन्दा हुन् । डिम्बरकी १९ वर्षीया किशोरी बेपत्ता भएको घटनामा जोशीको संलग्नता रहेको आरोप स्थानीयले लगाएका छन् ।

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update