Hamro Patra
बडादशैंको आगमनसँगै बजारमा चहलपहल

टीकापुर, असोज २३
नेपालीहरुको प्रमुख चाड बडादशैं सुरु भएको छ । बडादशैं सुरु भएसँगै टीकापुर बजारमा समेत चहलपहल बढेको छ । बडादशैंमा नयाँ लुगा लगाउने र मिठो मसिनो खाने चलन रहेको छ । 

आर्थिक रुपमा विपन्नले समेत बडादशैं ऋणसापट गरेर भएपनि धुमधामका साथ मनाउने गर्छन । लुगा, खाद्यान्न लगायतका सामाग्री किन्नेको भिड बढेको छ । बजारमा खरिद बिक्री समेत बढेको छ । 

CMA Staff

अघिपछि सुनसान रहने बजारमा बिहानैबाट चहलपहल बढेको देख्न सकिन्छ । बडादशैंको मौका पारेर देश विदेशबाट समेत थुप्रै व्यक्तिहरु घर फर्किएका छन । 

बडादशैंले ब्यापार बढेपछि ब्यापारीहरुको व्यस्थता समेत बढेको छ । यतिबेला कतिपय ब्यापारीलाई कुरा गर्ने फुर्सद समेत छैन । ग्राहकको बाक्लो उपस्थितिले ब्यापारी खुशी देखिन्छन । 

मानिसको चहलपहलले बजारको रौनकता बढेको छ । ‘बल्ल दशैं आए जस्तो भएको छ’ जनता गार्मेन्टका प्रोपराईटर भुपेन्द्र खड्काले भने–‘बजारमा ब्यापार समेत बढेको छ ।’

लुगा र खाद्यान्नका पसलमा मात्रै हैन गहना पसलमा समेत भिड देख्न सकिन्छ । सम्पन्न व्यक्तिले बडादशैंको अवसरमा आफ्ना लागि गरगहना किन्ने समेत गर्छन । त्यसैले सुनचाँदीका पसलमा समेत ग्राहकको संख्या तुलनात्मक रुपमा बढेको देख्न सकिन्छ । 
 

प्रकाशित मिति: बुधबार, असोज २३, २०८१  १२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update