Hamro Patra
तीन महिनामा संसदको इन्धन खर्च डेढ करोड

काठमाण्डौं, असोज २२
संघीय संसदले तीन महिनामा इन्धनमा मात्रै डेढ करोड रुपैयाँ भन्दा बढी रकम खर्च गरेको छ ।

संघीय संसदले संसदका पदाधिकारी र कार्यालय प्रयोजनका लागि इन्धन खर्च गर्ने गरेको छ । पदाधिकारीले कति इन्धन खर्च पाउने भनेर ऐनमै तोकिएको छ ।

Tikapur Hospital

पदाधिकारीले पाउने बाहेक कार्यालय प्रयोजनका लागि मात्रै गत वैशाख, जेठ र असारमा इन्धनमा संसद सचिवालयको एक करोड ५२ लाख सात हजार ७८० खर्च भएको हो ।

संसद सचिवालयले प्रकाशन गरेको त्रैमासिक संसद दर्पणमा यससम्बन्धी विवरण छ । २०८१ साल वैशाख १ गतेदेखि असार मसान्तसम्मको मुख्य कार्यहरू समेटिएको संसद दर्पण हालै प्रकाशन भएको छ ।

विवरण अनुसार तीन महिनामा कर्मचारीको बैठक भत्तामा २६ लाख ९० हजार सात सय खर्च भएको छ । कर्मचारी प्रोत्साहन तथा पुरस्कारमा पाँच करोड, २९ लाख ७२ हजार ६८५ खर्च भएको छ ।

पारिश्रमिक, पोशाक, महंगी भत्ता, उपचार खर्च, पानी, विजुुली र संचार खर्च, सवारी साधन मर्मत लगायत सबै शिर्षकमा तीन महिनामा संघीय संसदको ३९ करोड १६ लाख ४६ हजार ४०८ रुपैयाँ खर्च भएको छ ।
 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १५:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update