Hamro Patra
बेपत्ता विपिनको फोन गाजामा भेटियो !

एजेन्सी, असोज २२
इजरायलमाथि हमासले गरेको आक्रमणको सोमवार एक वर्ष पूरा भएको छ । आक्रमणको समयमा बन्धक बनाइएका मध्ये हालसम्म ९७ जनाको अवस्था अज्ञात नै छ । जसमा नेपालका विपिन जोशी पनि छन ।

इजरायल सरकारका अनुसार गत ७ अक्टुबरमा हमासले २ सय ५१ जना इजरायली र विदेशी नागरिकलाई बन्धक बनाएको थियो ।

CMA Staff

बीबीसीका अनुसार हालसम्म हमासको नियन्त्रणमा रहेका ९७ जनामध्ये विपिन पनि एक हुन । बीबीसीले सार्वजनिक गरेको बन्धक बनाइएकाहरूको समाचारको सूचीमा विपिनको पनि नाम समावेश छ । जसको पुष्टि बीबीसी र केही विश्वसनीय गोप्य स्रोतले गरेका छन ।

बीबीसीका अनुसार २३ वर्षीय विपिनलाई इजरायलको किबुत्ज अलुमिमबाट हमासले बन्धक बनाएका थिए । विपिनका परिवारलाई इजरायली इन्टेलीजेन्सले यसबारे पुष्टि गरेका छन् र उनको फोन गाजामा फेला परेको पनि बताइएको छ ।

कृषि अध्ययनका लागि विपिन इजरायल गएका थिए । उनीसँगै अध्ययनका लागि गएका १० जना नेपालीको भने हमासले हत्या गरेको थियो । तर, विपिनको अवस्थाबारे भने हालसम्म पनि कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन ।
 

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १४:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update