Hamro Patra
एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरको दशौं बार्षिक साधारण सभा सम्पन्न

टीकापुर ५ फाल्गुन

एभरेष्ट बचत तथा ऋण सहकारी संस्था लिमिटेड टीकापुरको दशौं बार्षिक साधारण सभा सोमबार सम्पन्न भएको छ ।
सहकारीका अध्यक्ष दुर्गा शाहुको अध्यक्षतामा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडाअध्यक्ष गंगाराम आचार्य प्रमुख अतिथि रहनुभएको थियो ।

Khadga Memorial And Janajagriti

विशिष्ट अतिथिमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी रहनुभएको थियो । कार्यक्रममा बोल्दै आचार्यले सहकारीले ब्यवसायिक र सिप विकासमा लगानी गर्नुपर्ने बताउनु भयो । उहाँले व्यवस्थापन समिति, कर्मचारीहरु इमान्दार भएर काम गरे सहकारी नडुब्ने बताउनुभयो । उहाँले आफ्नो सहकारीको अवस्था के कस्तो छ घाटामा छ कि नाफामा चलिरहेको छ भन्ने बारे शेरधनिहरुले पनि कार्यलयमा गएर संस्थाको बारेमा बुझ्नपर्ने बताउनु भयो ।

विशिष्ट अतिथि अधिकारीले सहकारीलाई अझ व्यवस्थित बनाउन सुझाव दिंदै सुशासन र पारदर्शी भएमा संस्था धरासयी नहुने बताउनुभयो ।
कार्यक्रममा असल ऋणीको तर्फ बाट बलवहादुर चौधरी र असल बचतकर्ताको तर्फबाट मनसीलाल चौधरीलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहकारीका सल्लाहकार संयोजक देववहादुर शाहु, ललिता सुनार,पास्टर खडग शाहु लगायतले शुभकामना मन्तल्य राख्नु भएको थियो । कार्यक्रमको संचालन थम्मन बि.क.ले गर्नुभएको थियो ।

२०६६ सालमा ३२ जनाले स्थापना गरेको सहकारीमा हाल ४ सय ८७ जना शेयर सदस्य छन् । हाल सहकारी को ३६ लाख ५० हजार शेयर पूँजी रहेको छ । सहकारीले ६२ लाख बचत संकलन गरेको छ । सहकारी ले ९२ लाख ८३ हजार कर्जा लगानी गरेको छ ।

साधारणसभाले पुनः दुर्गा शाहु लाई अध्यक्षमा चयन गरेको छ । उपाध्यक्ष मा जनकवहादुर विश्वकर्मा, सचिवमा टोप प्रकाश वि.क.,कोषाध्यक्षमा सुनिता बराईली शाहु रहनु भएको छ । त्यस्तै सदस्यहरुमा चित्रादेवी हिमाल, साईमन सोप, जलीराम थारु, भरत विश्वकर्मा र लोकवहादुर वि.क.रहनु भएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ५, २०७६  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update