चरेससहित एक महिला एक पुरुष पक्राउ
टीकापुर, असोज २१
कैलालीमा चरेससहित एक महिला र एक पुरुष पक्राउ परेका छन् । जिल्लाको मध्यवर्ती बर्दगोरिया गाउँपालिका वडा नं. २ बौनिया बजारबाट चरेससहित घोडाघोडी नगरपालिका वडा नं. ७ का २५ वर्षीय अर्जुन बिक र गौरीगंगा नगरपालिका वडा नं. ७ की २६ वर्षीया निशा चौधरी पक्राउ परेका हुन ।
बौनिया बजारमा सवारी चेक-जाँचको क्रममा से १ ख ११८८ नम्बरको बसमा सवार उनीहरुलाई शंका लागि चेकजाँच गर्दा निशाको साथबाट लागूऔषध चरेश बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
२० दश्मलव ५० ग्राम तौल भएको चरेससहित दुबै जनालाई इलाका प्रहरी कार्यालय सडकपुर बौनियाँबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रकाशित मिति: सोमबार, असोज २१, २०८१ १२:०१
प्रतिक्रिया दिनुहोस्