Hamro Patra
डाईमण्डको सुविधा सम्पन्न सेवा बिस्तार

धनगढी, असोज १९
छ वर्ष अगाडीदेखि सञ्चालनमा आएको डाईमण्ड कटेजले पौने दुई करोड लगानीमा सुविधा सम्पन्न सहितको शाखा विस्तार गरेको छ ।

कटेजले धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँमा सुविधा सम्पन्न सहितको शाखा विस्तार गरेको हो ।

Tikapur Hospital

धनगढी तारानगरमा सञ्चालित कटेजले अहिले धनगढी गाउँमा आवास सहित शाखा विस्तार गरेको छ । कटेजका सञ्चालक हिरा चौधरीका बुवा दुर्गा चौधरी र ससुराबा खुशीराम चौधरीले संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।

डाइमण्ड कटेजमा ग्राहकहरुका लागि खाना र बस्नका लागि राम्रो व्यवस्था रहेको सञ्चालक चौधरीले जानकारी दिए । उनले बस्नका लागि अटेच बाथरुम एसी सहितको ७ कोठा सञ्चालनमा ल्याएका छन् । बस्नको लागि १३ सयदेखि १८ सयसम्म मुल्य निर्धारण गरेको उनले बताए ।

सञ्चालक चौधरीले भने, ‘ग्राहकहरुको सन्तुष्टी नै हाम्रो लागि ठुलो कुरो हो । एकान्त वातावरणमा रहेको कटेजमा बस्न एकदमै राम्रो रहेको छ । त्यसका लागि हामीहरुले सकेसम्म व्यवस्था मिलाएका छौं । ग्राहकहरुको आवश्यकता अनुसार थप सेवा विस्तार गर्ने सोच रहेको छ ।’

शान्त ठाउँमा स्थापना भएको होटलमा पारिवारिक वातावरण रहेकोले परिवार सहित बास बस्न सक्ने व्यवस्था । धनगढी गाउँ देखि पूर्व पूरुव घुइयाघाट जाने बाटोमा रहेको होटलमा थारु समुदायको संस्कृतिलाई जोगाउँदै थारु खानालाई विशेष महत्व दिएको सञ्चालक चौधरी बताउँछन् ।

उनले लोकल कुखुरासंगै माछा, बंगुरको सुकुटी, सेकुवा, घोँघी लगायतको परिकार व्यवस्था रहेको बताए । उनका अनुसार शाखा सञ्चालनमा ल्याउनको लागि लगभग पौने दुई करोड लगानी भएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १५:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update