Hamro Patra
खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु

टीकापुर, असोज १९
टीकापुर नगरपालिका वडा नम्बर २ स्थित मिलनचोक युवा क्लबको आयोजनामा आजदेखी खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको एक समारोहकाबीच टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौरा थारुले उद्घाटन गरेका छन । 

उद्घाटन समारोहको प्रमुख अतिथि रहेका प्रमुख थारुले खेलकुदको विकासमा सदैव साथमा रहने बताए । उनले अनुशासित र मर्यादित भएर प्रतियोगिता सम्पन्न गर्न सबैको साथ रहनुपर्ने बताए । 

Tikapur Hospital

सो उद्घाटन समारोहमा टीकापुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष लालबिर चौधरी, नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

क्लबका कार्यवाहक अध्यक्ष शंकर तिरुवाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको सञ्चालन अशोक विकले गरेका थिए । 

शनिवार (भोलि) सम्म सञ्चालन हुने प्रतियोगितामा २७ टिमको सहभागीता रहेको छ । प्रतियोगिता दशैं तिहारको अवसर पारेर आयोजना गरिएको हो । क्लबले खेलकुदको विकासका लागि काम गर्दै आएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १३:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update