भन्सार छलीका सामानसहित एक जना पक्राउ
टीकापुर, असोज १५
कैलालीको टीकापुर नगरपालिकाबाट भन्सार छलीका सामानसहित एक जना पक्राउ परेका छन् ।
टीकापुर नगरपालिका वडा नं. ७ बाट अबैंध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका झण्डै २ लाख ७२ हजार मूल्यको अबैध पटाकासहित टीकापुर नगरपालिका वडा नं. ९ बस्ने २८ वर्षीय दिपक धामी पक्राउ परेका हुन् ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार धामीले प्रयोग गरेको से ३ प ४३६९ नम्वरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१ ०९:४०
प्रतिक्रिया दिनुहोस्