Hamro Patra
टीकापुर बजारमा सशस्त्र प्रहरीले गर्यो सरसफाई

टीकापुर, असोज १५
दशैं तिहारको नजिकिँदै गर्दा कैलालीको टीकापुरस्थित सशस्त्र प्रहरी बल नेपाल राजश्व भन्सार तथा औद्योगिक तालिम शिक्षालयले बजार क्षेत्रमा सरसफाई गरेको छ । 

विजया दशमी, तिहार तथा छट पर्वको अवसर पारेर शिक्षालयले टीकापुर बजारको मुख्य सडक क्षेत्र, खड्ग चोक, अस्पताल लाइन, सिद्धार्थ चोक, जमरा पारी रहेको योग केन्द्र लगायतका क्षेत्रमा सरसफाई गरेको हो । 

CMA Staff

शिक्षालयका साढे चार शय बढी सुरक्षाकर्मीहरुले सडकमा फालिएका फोहोर, साना झारहरु सफा गरेका हुन् । 

शिक्षालयका समादेशक सशस्त्र प्रहरीका एसएसपी नरेन्द्र सेनले दशैं तिहारको अवसर पारेर समाजमा सशस्त्र प्रहरीको उपस्थिति जनाउन सांकेतिक रुपमा सरसफाई कार्यक्रम गरिएको बताए । 

‘सुःखमा सशस्त्र, दुःखमा सशस्त्र’ भन्ने मुलमन्त्रका साथ हामीले बजार क्षेत्रमा चाडपर्वको अवसर पारेर सरसफाई गरेका छौं’ एसएसपी सेनले भने ‘सबैलाई सरसफाईप्रति सचेत गराउन सांकेतिक रुपमा हामीले यो कार्यक्रम गरेका हौं, चाडपर्वकै अवसरमा हामी फेरि पनि यस्ता कार्यक्रम गर्नेछौं ।’

टीकापुरस्थित शिक्षालयमा राजस्व भन्सार तथा औद्योगिक सुरक्षा सम्बन्धी तालिम सञ्चालन हुँदै आएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update