युवा संघ कैलालीको दशौं अधिवेशन सुरु
टीकापुर, असोज १३
राष्ट्रिय युवा संघ नेपाल कैलालीको दशौं जिल्ला अधिवेशन आजदेखी टीकापुरमा सुरु भएको छ । अधिवेशनको एक समारोहका बीच नेकपा एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले उद्घाटन गरेका छन ।
उद्घाटन समारोहमा नेकपा एमालेका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको छ ।
नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कैलालीको अधिवेशनमा कैलाली जिल्लाका २६० जना प्रतिनिधिको सहभागीता रहेको छ ।
अधिवेशनले आगामी दुई वर्षका लागि ७० सदस्यीय नेतृत्व चयन गर्ने जिल्ला अध्यक्ष लक्ष्मण थापाले जानकारी दिएका छन ।
प्रकाशित मिति: आइतबार, असोज १३, २०८१ १५:३४
प्रतिक्रिया दिनुहोस्