टीकापुर, असोज १२
राष्ट्रिय युवा संघ नेपाल कैलालीको दशौं अधिवेशनको तयारी पूरा भएको छ । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल कैलालीको दशौं अधिवेशन भोलिदेखी टीकापुरमा सुरु हुँदैछ ।
अधिवेशनको एक समारोहकाबीच नेकपा एमालेका सचिव रहेका सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले उद्घाटन गर्ने कार्यक्रम रहेको राष्ट्रिय युवा संघ नेपाल कैलालीका अध्यक्ष लक्ष्मण थापाले जानकारी दिए । उनले सो अवसरमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष क्षितिज थेवेको समेत उपस्थिति रहने बताए ।
अधिवेशनमा कैलाली जिल्लाका २६० जना प्रतिनिधिको सहभागीता रहने बताईएको छ । अधिवेशनले आगामी दुई वर्षका लागि ७० सदस्यीय नेतृत्व चयन गर्नेछ ।
टीकापुरस्थित सिटी हलमा अधिवेशन सञ्चालन हुनेछ । अधिवेशनको अवसरमा बजारका विभिन्न ठाउँमा स्वागतद्वार निर्माण गरिएका छन ।