Hamro Patra
पासोमा पर्यो चितुवा 

बैतडी, असोज १२
बैतडीमा एक चितुवा पासोमा परेको छ । स्थानीयहरुले स्यालका लागि थापेको पासोमा चितुवा परेको हो ।

जिल्लाको दशरथचन्द नगरपालिका वडा नम्बर १ गुरुखोला खालमा स्थानीयले थापेको पासोमा गएराति १२ बजेतिर चितुवा परेको हो । स्यालले कुखुरा खाएर हैरान पार्न थालेपछि किसानहरुले स्यालका लागि पासो थापेका थिए ।

CMA Staff

उक्त पासोमा चितुवा परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनक ढुङ्गानाले बताए । पासोमा परेको चितुवाको उद्धारका लागि डिभिजन वन कार्यालयको टोली र प्रहरीको टोली घटनास्थलमा खटिएको छ । 

उनले पासोमा परेको चितुवाको उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा बर्दिया राष्ट्रिय निकुञ्जबाट प्राविधिकहरुको टोली मगाउने काम भइरहेको जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update