Hamro Patra
खुला क्रिकेट प्रतियोगिता आयोजना गरिने 

टीकापुर, असोज १२
दशैं तिहारको अवसर पारेर टीकापुर युवा क्लबले खुला क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । क्लबले आज पत्रकार सम्मेलन गरी कात्तिक ३ गतेबाट प्रतियोगिता सञ्चालन हुने जानकारी दिएको छ । 

राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने अभियानका साथ सुरु हुने क्रिकेट प्रतियोगितामा प्रथम हुनेलाई १ लाख १ हजार १११ र दोस्रो हुनेलाई ५१ हजार १११ रुपैयाँ नगद पुरस्कार प्रदान गरिने खेल संयोजक आशिष बिष्टले जानकारी दिए । 

Tikapur Hospital

प्रतियोगितामा म्यान अफ द टुर्नामेन्टलाई प्रमाण पत्र सहित ट्रफी र १० हजार, वेष्ट ब्याट्स म्यान अफ टुर्नामेन्टलाई प्रमाण पत्र सहित ट्रफी र ८ हजार वेष्ट बलर अफ द टुर्नामेन्टलाई प्रमाण पत्र सहित ट्रफी र ८ हजार रुपैयाँ प्रदान गरिनेछ । 

प्रतियोगितामा सहभागी हुनका लागि असोज ३० गतेसम्म टिम दर्ता भैसक्नुपर्नेछ । अहिलेसम्म ५ वटा टिम दर्ता भैसकेको संयोजक बिष्टले बताए । उनका अनुसार धेरै क्लबले सहभागीताका लागि मौखिक जानकारी दिएका छन । 

टीकापुरस्थित खुला मैदानमा आयोजना हुने प्रतियोगिता एलबिडब्ल्यु बाहेक आईसिसीको नियमानुसार खेलाईने बताईएको छ । नकआउट सिस्टममा खेलाईने खेलमा प्रति टिम १५ जना खेलाडीको काम मात्रै दर्ता गरिने आयोजकले जानकारी दिएको छ । 

क्लबले टीकापुरमा खेल क्षेत्रको विकासका लागि विभिन्न प्रतियोगिता आयोजना गर्दै आएको छ । उसले विगत ३ वर्षदेखी खुला क्रिकेट प्रतियोगिता आयोजना गर्दै आएको क्लबका अध्यक्ष तपेन्द्र कुँवरले जानकारी दिए । 
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update