पुण्य तिथिमा कपडा वितरण
टीकापुर, असोज १०
टीकापुर नगरपालिकाका स्वर्गीय क्षेत्रबहादुर केसीका आफन्तले दशौं पुण्य तिथिको अवसरमा विपन्न व्यक्तिहरुलाई कपडा सहयोग गरेका छन ।
स्वर्गीय केसीका श्रीमती पार्वतीदेवी केसी र छोराहरु टोपबहादुर र तिलक केसीले आज विभिन्न टोल विकास संस्थामा आवद्ध १० जना विपन्न व्यक्तिहरुलाई कपडा हस्तान्तरण गरेका छन ।
टीकापुर नगरपालिका वडा नम्बर ७ स्थित आदर्श टोल विकास संस्थाको पहलमा विपन्न व्यक्तिहरुलाई कपडा वितरण गरिएको बताईएको छ । संस्थाका अध्यक्ष गोविन्द कोइरालाले कपडा वितरण गरेकोमा स्वर्गीय केसीका आफन्तलाई धन्यवाद व्यक्त गरेका छन ।
प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१ १५:५२
प्रतिक्रिया दिनुहोस्