Hamro Patra
भ्यालेन्टाईन डे मा रविनको ‘इट्स फेब्रुअरी फोर्टिन्थ’
Khadga Memorial And Janajagriti

टीकापुर, फागुन ३
टीकापुरका युवाहरुले भ्यालेन्टाइन दिवसलाई समेटेर गीत सार्वजनिक गरेका छन । ‘इट्स फ्रेबुअरी फोर्टिन्थ’ बोलको गीत युवाहरुले निकै रुचाएका छन । रविन स्वाँर काजीको सुमधुर स्वरमा रहेको गीतको शब्द र संगीत समेत उनैको रहेको छ । टीकापुरस्थित रियाज रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको गीतको एरेन्जर पुष्कर खत्री रहेका छन ।

महेश कुमारले गीतको निकै आकर्षक ढंगले छायांकन गरेका छन । टीकापुरका विभिन्न ठाउँलाई गीतको भिजुअलमा समेटिएको छ । गीतमा निर्माता मुकुन्द जिसी र दिब्यानी बोहराले अभिनय गरेका छन ।
टीकापुरे युवा रविन स्वाँर काजीले युवा लक्षित थुप्रै गीत बजारमा ल्याईसकेका छन । उनका गीतलाई युवा पुस्ताले निकै रुचाउने गरेका छन । उनी पछिल्लो समय युवा पुस्ता माझ निकै लोकप्रिय समेत बन्दै गएका छन ।

प्रकाशित मिति: शनिबार, फागुन ३, २०७६  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update