चट्याङ लागेर दुईजनाको मृत्यु, एक घाईते
महेन्द्रनगर, असोज ९
कञ्चनपुरमा चटयाङ लागेर दुईजनाको मृत्यु हुनुका साथै एकजना घाइते भएका छन ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक उमेश जोशीका अनुसार चट्याङ लागेर दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ का ३४ वर्षीय यामबहादुर सुनार र लालझाडी गाउँपालिका वडा नम्बर १ की २८ वर्षीया हिरामती रानाको मृत्यु भएको हो ।
चटयाङ लागेर दोधारा चाँदनी नगरपालिका वडा नम्बर ६ का ३७ वर्षीय जगदिश सुनार घाइते भएका छन् । रुखमा ओत लाग्ने क्रममा चटयाङ लागेर उनी घाइते भएको प्रहरीले जनाएको छ ।
उनको प्राथमिक स्वास्थ्य केन्द्र दोधारा चाँँदनीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१ १७:१५
प्रतिक्रिया दिनुहोस्