Hamro Patra
आमाको किरिया बसिरहेका युवक कोराबाटै पक्राउः घाँटी थिचेर बलात्कारपछि हत्या

डोटी, असोज ७
डोटीमा आमाको किरियामा बसेका एक युवक बलात्कार आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका वडा नं. ६ का ३८ वर्षीय लाल रैकाल बलात्कार आरोपमा पक्राउ परेका हुन ।

भदौ अन्तिम साता सोही ठाउँकी २० वर्षीया युवतीको घाँटी थिचेर जबरजस्ती करणी गरेको जाहेरी परेपछि आरोपीलाई कोराबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईले बताए ।

Khadga Memorial And Janajagriti

बलात्कारपछि युवतीसँग भएको ३० हजार रुपैयाँ समेत उनले लुटेको जाहेरीमा उल्लेख छ । घटनापछि रैकाल फरार भएका थिए । शनिबार राति उनकी आमाको निधन भएपछि उनी गाउँ फर्किएका हुन् ।

आइतबार आमाको दाहसंस्कार गरेर घरमै किरिया बसिरहेको बेला प्रहरीले बलात्कार आरोपी रैकाललाई नियन्त्रणमा लिएको हो ।

‘हिजो राति जिल्ला सदरमुकाम पुर्याएका छौँ। आज म्याद थपका लागि अदालत पेश गरिन्छ’ डीएसपी भट्टराईले भने ‘आरोपीलाई हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान हुनेछ ।’

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update