Hamro Patra
करेन्ट लागेर पाँच वर्षीय बालकको मृत्यु
Khadga Memorial And Janajagriti

टीकापुर, असोज ५
कैलालीको चुरे गाउँपालिकामा करेन्ट लागेर एक पाँच वर्षीय बालकको मृत्यु भएको छ । चुरे गाउँपालिका वडा नं. १ शिबनगर बस्ने लालबहादुर क्षेत्रीको ५ वर्षीय छोरा आकाश क्षेत्रीको करेन्ट लागेर मृत्यु भएको हो ।

घरमा कोही नभएको बेला खेल्ने क्रममा पानी तान्ने मोटरको तारबाट करेन्ट लागेर गम्भिर घाइते भएका थिए । उनको उपचारको क्रममा निसर्ग अस्पताल धनगढीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update