Hamro Patra
भिन्नता जीन्दगीको

सी.जी. “निर्मलश्री” 

(चतुर्भुज गौतम) 

हीरा ! 
पाउँदा सबैले 
सुनलाई 
बिर्सिदा रहेछन्..... 
(ठूलैको महत्व हुने संसारको चलन) 

Tikapur Hospital

उज्यालो ! 
भेटाउँदा 
सबैले जुनलाई 
बिर्सिदा रहेछन ....
(नजिकैको लाई अमूल्य ठान्ने अभ्यास) 

धन ! 
कमाएपछि 
सबैले गुनलाई 
बिर्सिदा रहेछन्...
(धननै सबै थोक हो भन्ने संस्कार) 

फरक ! 
यहि त जिन्दगीको 
कोही कसैबाट 
हिरा वा सुनको 
महत्व 
बुझ्न सकिँदैन भने, 
जुन र उज्यालोको 
अर्थ बुझ्न 
सकिँदैन भने, 
के बुझ्छौ र खै ? 
दौड 
केवल त्यही 
धनको पछाडी दौड
 जसले केवल 
तिमीलाई 
मबाट टाढा हैन 
धेरै टाढा 
पुर्याई रहेको छ 
सायद !
क्षितिजको अन्तिम 
रेखाभन्दापनि टाढा
प्रतिक्षा गरे त्यही समयको.....

टीकापुर १, कैलाली हाल: काठमाण्डौं

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update