Hamro Patra
‘केन्द्रीकृत मानसिकताले प्रदेश बलिया भएनन: मुख्यमन्त्री शाह

धनगढी, असोज ३
सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले, अझै पनि केन्द्रिकृत मानसिकताका कारण प्रदेशहरु बलियो हुन नसकेको बताएका छन । उनले संघ सरकारमा बसेकाहरुले प्रदेशका अधिकार प्रत्यायोजनमा चासो नलिएका कारण प्रदेशको विकासमा समस्या भईरहेको बताए । 

संविधान दिवश तथा राष्ट्रिय दिवश मूल समारोह समितिका संयोजक समेत रहेका मुख्यमन्त्री शाहले संघले प्रदेशका अधिकार पूणर् रुपमा प्रत्यायोजन नगर्दा सम्म जनताको अपेक्षा अनुसार काम गर्न नसकिने बताए ।

Khadga Memorial And Janajagriti

‘शासहीय प्रभावकारिताका लागि गरिएका सकारात्मक प्रयास र प्रयत्नका बाबजुद पनि नागरिकको अपेक्षाहरुलाई ठोस रुपमा सम्बोधन गर्न सकिएको छैन । यसका लागि देखिएका समस्याहरु  र जटिलताहरुको पहिचान गर्न जरुरी छ’ उनले भने ।

उनले सुदूरपश्चिमका जनताका विकासको तिब्र चाहना अनुसार सरकार काम गर्ने बताए । ‘सुदूरपश्चिम प्रदेशका नागरिकको मुहारमा विकास र समृद्धीको सुख दिन हामीले अझै धेरै काम गर्न बाँकी छ । यसका लागि सबै पक्षका साथ र समर्थन लिदै जनअपेक्षिक काममा सरकार लाग्नेछ’ उनले भने । 

सहिद गेटबाट प्रभातफेरिको आयोजना गरि आन्तरिक मामिला तथा कानून मन्त्रालयमा संविधान दिवश कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाँलाई सुरक्षा निकायले सलामी अर्पण गरेको थियो ।

संविधान दिवशमा सहभागि सबैलाई आन्तरिक मामिला तथा कानूनमन्त्री हिरासिह पार्कीले स्वागत गरेका थिए भने कार्यक्रममा विभिन्न प्रकारका झाँकीहरुको प्रर्दशन पनि गरिएको थियो ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update