Hamro Patra
गेटामा स्तन क्यान्सरको परीक्षण सुरू

धनगढी, असोज ३
कैलालीको गेटा अस्पतालमा स्तन क्यान्सरको परीक्षण सुरू गरिएको छ ।सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तरग बुधवारबाट अस्पतालमा स्तन क्यान्सरको परीक्षण अर्थात् म्यामोग्राफी सेवा सुरू भएको हो । अस्पतालमा म्यामोग्राफी मसिन जडान भएसँगै स्तन क्यान्सरको परीक्षण र उपचार सेवा सुरू भएको अस्पतालले जनाएको छ ।

स्तन क्यान्सरको परीक्षण र उपचार गेटा अस्पतालमा सुरू भएसँगै सुदूरपश्चिमका बिरामीले अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । हप्तामा २ दिन स्तनक्यान्सरको जाँच सेवा सुरु भएको र कार्तिक देखि पूणर् रुपमा सञ्चालनमा आउने, अस्पताल प्रशासनले आईसीयु जडानको काम सकिने वित्तिकै ईमरजन्सी वार्ड पनि सञ्चालन गर्ने र त्यसपछि अस्पतालको सबै सेवा सुचारु हुने  अस्पतालका निर्देशक डाक्टर विप्लव सापकोटाले बताए।

Khadga Memorial And Janajagriti

निर्देशक सापकोटाले भने, “अहिले हामीले विरामी भर्ना लिन थालेका छौं तर अहिलेसम्म भर्ना भएको छैन । हामीले ईन्डोर वार्डमा स्वास्थ्यकर्मीको ड्युटी खटाई सकेका छौ“ । गेटा अस्पतालमा ओपिडिका साथै भिडियो एक्सरे, एक्सरे, ईन्डोस्कोपी, फिजियोथेरापी, प्रयोगशाला र फार्मेसी सेवा सुचारु भईसकेका छन । प्रयोगशाला र फार्मेसी सेवा चौबिसै घण्टा सुरु भएको अस्पतालले जनाएको छ ।

स्वीकृत १४१ को दरबन्दीमा अहिले ७१ जना मात्रै कार्यरत छन । त्यसमा पनि स्थाई स्वास्थ्यकर्मी र कर्मचारीको संख्या २३ जना मात्रै रहेको छ । खानेपानीको ट्याकी बनेपनि नयाँ निर्माण भएका चिकित्सक आवासहरुमा पानी आपुर्ती नभएकाले चिकित्सकहरु आउन मानि रहेका छैनन । अझ अरु अस्पतालमा अतिरिक्त भत्ता खाईरहेका चिकित्सकहरु गेटामा सरकारी तलब मात्रै छ भने पनि नआउनाले सेवा सञ्चालनमा ढिलाई भईरहेको  छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update