Hamro Patra
सुदुरपश्चिममा इनफ अभियान शुभारम्भ

धनगढी, असोज ३ 
स्वास्थ्य क्षेत्र सुधार तथा पोसण सुरक्षाका लागि इनफ अभियान सुरु भएको छ। सो अभियान वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आयोजनामा सुरु भएको हो।

अभियानको आज एक समारोहका बीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले उदघाटन गरेका छन्।

Khadga Memorial And Janajagriti

कार्यक्रमका प्रमुख अतिथि रहेका मुख्यमन्त्री शाहले अभियानमा हातेमालो गर्ने प्रतिवद्दता व्यक्त गरेका छन। उनले आफुहरुलाई अतिथिका रुपमा मात्र बोलाउने नभई सहकार्य गर्ने गरी बोलाउन आग्रह गरे।

उनले गैरसरकारी सस्थाहरुले प्रदेश सरकारसँग सहकार्य नगरेको प्रति आफ्नो गुनासो रहेको बताए। उनले सरकारले ल्याएको बजेटमा पोसणका क्षेत्रमा कम बजेट विनियोजन भएको भन्ने आरोपलाई सम्बोधन गर्दै बजेट अभावका कारण अभियान प्रभावित नहुने बताए।

उनले बजेटप्रति भैरहेको टिका टिप्पणी व्यक्तिगत स्वार्थ केन्द्रित रहेको बताए। उनले व्यक्तिका योजना समाबेस नभएको रिसले यस्तो टिका टिप्पणी भैरहेको पाइएको बताए।

उनले यसरी अरुलाई टिका टिप्पणी गर्दा आफु तिर फर्केर हेर्न समेत सुझाव दिएका छन। उनले बजेटका बारेमा खुल्ला बहस गर्न तयार रहेको बताए। उनले बजेट कार्यान्वयन गर्न चुनौती रहेपनि सरकार कार्यान्वयन गर्न लागि पर्ने बताए।

अभियान शुभारम्भ समारोहमा सुदुरपश्चिमका सामाजिक मन्त्री मेघराज खड्का, आन्तरिक मामीला तथा कानून मन्त्री हिरा सार्की, कृषि भुमि तथा सहकारी मन्त्री बिर बहादुर थापा लगायतको उपस्थिति रहेको छ।

अभियान नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिसँगको सहकार्यमा सुरु भएको हो ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update