Hamro Patra
टीकापुरमा परेका ५० लाख बढीका योजना यी हुन्

टीकापुर, असोज १
सुदूरपश्चिम प्रदेशले सोमवार चालु आर्थिक वर्षका लागि बजेट ल्याएको छ । प्रदेशले सार्वजनिक गरेको सो बजेटमा टीकापुर क्षेत्रमा के के योजना परे त ? हामीले यहाँ ५० लाख भन्दा माथिका केही योजनाहरुबारे चर्चा गर्नेछौं ।  

बजेटमा टीकापुर विज्ञान तथा प्राविधिक विश्व विद्यालय स्थापनाका लागि ५ करोड रुपैयाँ छुट्याइएको छ । प्रदेशमा प्रादेशिक विश्वविद्यालय अब टीकापुरमा स्थापना हुनेछ । 

बजेटमा डुँडेझारी टीकापुर सडक स्तरोउन्नतीका लागि टीकापुर तथा लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकामा पर्ने सडकका लागि ५ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ ।

Khadga Memorial And Janajagriti

बजेटमा केशर मार्ग भनेर चिनिने पूर्वपश्चिम राजमार्गको इन्टेक हाइड्रो, कटासे खैरीफाँटा जगतपुर हुँदै टीकापुरसम्म जोड्ने रणनैतिक मार्ग का लागि ५ करोड बजेट बिनियोजना भएको छ । 

टीकापुर स्पोर्टस् एकाडेमीको निमाणर्ाधीन भवनका लागि ४ करोड रुपैयाँ बजेट छुट्याइएको छ । 

प्रादेशिक अस्पतालका रुपमा रहेको टीकापुर अस्पतालमा सिटी स्क्यान मेसिन खरिदका ४ करोड, मोडुलर ओटी उपकरण खरिदका लागि १ करोड ५० लाख, अटोमेटिक माइक्रोल्याब टेस्टेटिङ्ग एनालाइजर खरिदका लागि ९० लाख, अटोम्युनिटी मेसिन तथा रिएजेण्ड खरिदका लागि ८५ लाख, इलेक्ट्रोफिरिसेस मेसिन खरिदका लागि ६० लाख, हिस्टोप्याथालोजी प्रिन्टिर खरिदका लागि ५० लाख तथा हिस्टोप्याथालोजी स्लाइड प्रिन्टिर खरिदका ५० लाख छुट्याइएको छ ।  

टीकापुर नगरपालिका वडा नं. १ स्थित नयाँ बिहानी पुनःस्थापना केन्द्रदेखि एयरपोटसम्म र ब्लक नं. सी को भित्रीसडक कालोपत्रे र पक्की ढल निकास निर्माणका लागि १ करोड विनियोजन गरिएको छ ।  

बजेटमा ५० लाख बढीका योजनाहरुमा टीकापुर पार्क प्रबद्र्धन कार्यक्रम ५० लाख, ब्लक नं. १० गल्ली नम्बर ३ र ४ को बाँकी सडकसहित खड्क मेमोरियल स्कुलको दक्षिणतिरको सडक, टीकापुर बहुमुखी क्याम्पस गेटदेखि औद्योगिक क्षेत्र जोडी मालिका ग्राउन्ड टेकबहादुर स्मृति बाल उद्यानसम्म लगभग १.८ किलोमिटर तथा कालिका मन्दिरदेखि उत्तर टीकापुर बहुमुखी क्याम्पससम्मको नालासहितको सडक कालोपत्रेका लागि ५० लाख छुट्याइएको छ । 

त्यस्तै सितापुर गाउँदेखि सन्कट्टी घाट लुम्बिनी प्रदेश जोड्ने सडक, ड्वाङपुर बनकुलोदेखि मनिकापुर चोकसम्म जोड्ने सडक, वडा नम्बर ४ देखि बि.पी. निकुञ्ज पार्क जाने सडक कालोपत्रे टीकापुर ६ कैलाली, ज्योतिनगर शान्ति टोल अन्तर्गत अमर कठायतको घरदेखि उत्तर शान्ति रिमाल घरसम्मको सडक कालोपत्रेका लागि ५० लाख छुट्याइएको छ ।  

बजेटमा रामपुर घिया पुछरी खानेपानी आयोजनाका लागि ५० लाख तथा टीकापुर प्राविधिक शिक्षालयको भवन निर्माणका लागि ५० लाख बजेट छुट्याइएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update